टी-२० सिरिज : आयरल्यान्डले नेपाललाई दियो १४६ रनको चुनौती

2019-10-10

मस्कट - ओमानमा जारी पेन्टागुलर टी–२० सिरिजमा आयरल्यान्डले नेपाललाई जितका लागि १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन जोडेको हो।

नेपालका लागि सन्दीप लामिछाने र अविनाश बोहराले २/२ विकेट लिए। सन्दीपले ओपनर केभिन ओब्रायनलाई ५ रनमै रोके। त्यस्तै करण केसी तथा ललितनारायण राजवंशीको नाममा पनि १/१ विकेट रह्यो।

आयरल्यान्डका लागि ओपनर पउल स्टर्लिङले सर्वाधिक ५९ रन जोडे । उनले ४७ बलमा २ छक्का र ६ छक्का हिर्काए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ