एनआरएनए अध्यक्षका प्रत्यासी कुल आचार्यको घरमा तोडफोड

2019-10-05

ललितपुर - गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासीसमेत रहेका कुल आचार्यको घरमा तोडफोड भएको छ। ललितपुर सानेपा हाइटमा भएको उनको घरमा तोडफोड भएको हो।

घरमा तोडफोडको प्रयासका विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। ललितपुर प्रहरीका अनुसार घरको झ्याँलका सीसा फुटेका छन्।

‘हतियारबाट आक्रमणको प्रयास भएको देखिएकाले हामीले गम्भीर ढंगले अनुसन्धान सुरु गरेका हौं,’ प्रहरीले बताएको छ, ‘उच्च निगरानी, घटनास्थलको अध्ययन पनि निष्कर्षमा पुग्ने छौं।’ आचार्यको घरमा आक्रमण भएपछि प्रहरीले आसपासको क्षेत्रमा निगरानी सुरु गरेको छ। शुक्रबार बिहानैबाट प्रहरीले अनुसन्धान प्रारम्भ गरेको छ।

गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्षका प्रत्यासी आचार्यले घटनाको अनुसन्धान गरी अभियुक्तलाई कानूनी कारबाहीको माग गरेका छन्। आचार्यले आगामी विश्व सम्मेलनमा एनआरएनएको अध्यक्ष पदको उम्मेदवारी घोषणा गरिसकेका छन्। केही दिनभित्र प्रतिबद्धतापत्र सार्वजनिक गर्दै छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ