जलेश्वरमा बौलाहा कुकुरको आतंक : एउटै कुकुरले ५० जना भन्दा बढीलाई टोक्यो

2019-10-02

जनकपुर- महोत्तरीको सदरमुकाम जलेश्वरमा मंगलबार साँझदेखि एउटा बौलाहा कुकुरले आतंक मच्चाएको छ। बौलाहा कुकुरले टोकेर अहिले ५० भन्दा बढीलाई व्यक्तिलाइ घाइते बनाएको बताइएको छ। कुकुरको टोकाइबाट घाइते भएकाहरुको उपचार अहिले जिल्ला अस्पताल महोत्तरी जलेश्वरमा भइरहेको छ।

मनरा सिस्वा नगरपालिकाबाट मानिसलाई टोक्न सुरु गरेको कुकुरले एकडारा गाउँपालिका र जलेश्वर नगरपालिका विभिन्न स्थानका ५० जनाभन्दा बढीलाई टोकेर घाइते बनाएको अस्पतालले जनाएको छ। कुकुरले शरीरका विभिन्न भागमा टोकेका अधिकांश घाइतेलाई तत्काल 'एआरभी' र 'इम्युनोग्लोवलिन इन्जेक्सन' नभएपछि जनकपुर तथा अन्यत्र उपचारमा पठाएको जिल्ला अस्पताल जलेश्वरले जानकारी दिएको छ।

कतिजनालाई टोकेको छ भन्ने यकिन तथ्यांक अहिलेसम्म नआएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। उनले कुकुरलाई गोली हान्न निर्देशन दिइसकेको बताए।

रातीको समय भएकोले बौलाहा कुकुर खोज्न निकै समस्या भएको र यसमा स्थानीयबासिन्दाले सहयोग गर्नु पर्ने उपरीक्षक अधिकारीको भनाई छ। यता जलेश्वर अस्पतालका डा मृत्युञ्जय ठाकुरले केही बिरामीको घाँटीमा कुकुरले टोकेकाले तत्काल भ्याक्सिन लगाउनुपर्ने भए पनि भ्याक्सिन उपलब्ध नरहेको बताए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ