दशैँ खर्च जुटाउन राउटे झरे दाङमा

2019-09-27

शिवु खनाल
दाङ, १० असोज । नेपालको लोपउन्मुख समुदायका रुपमा रहेको राउटे समुदायका प्रतिनिधि दशै खर्च जुटाउन दाङ आएका छन । दशै पर्व नजिकिदै गर्दा राउटे समुदायका सहायक मुखिया नारायण शाहीको नेतृत्वमा बिर्खे शाही र दले शाही गरि तीन सदस्य टोली दाङको घोराही आईपुगेको हो ।

दशैका लागि आवश्यक नयाँ कपडा र खसी–बोका किन्नका लागि पैसा उठाउन दाङ आएको राउटे समुदायका सहायक मुखिया शाहीले बताए । ‘दशैमा नयाँ कपडा लगाउनुपर्छ, मासु खानलाई खसी–बोका किन्न पैसा छैन’,सहायक मुखिया शाहीले भने,‘आफुसँग पैसा नभएपछि पैसा उठाउन हिडेका छौँ ।’ बर्षमा एक पटक आउने दशै पर्वलाई रमाइलो गरि मनाउनकालागि खर्च जुटाउन हिडेको बताए ।

‘दशैका लागि आवश्यक सामग्री किन्ने पैसा छैन, परिवारका सदस्यलाई नयाँ कपडा फेर्नका लागि पनि पैसा छैन’,उनले भने,‘त्यसैले हामी सरकारसँग पैसा उठाउन हिडेका छौँ ।’
उनका अनुसार राउटे समुदायका मुखिया सहितको एउटा टोली दशै मनाउने पैसा उठाउन काठमाडाँै गएको समेत बताए । ‘दशै मनाउने पैसा उठाउन म पहिले पनि दाङ आउने गरेको थिए’,उनले भने,‘दाङमा हामी राउँटेलाई सहयोग मिल्ने भएकाले अहिले पनि आएका हौँ, अरु टोली काठमाडौँ गएको छ ।’

 

दाङमा आफुहरु सिडिओ कार्यालयसँगै अन्य सरकारी कार्यालय, व्यवसायीलगायतलाई भेटेर सहयोग उठाउने बताएका छन । दशै खर्च उठाउनकालागि दश हजार रुपैया संकलन भएको समेत बताए । दैलेखको कान्छीबजारको नजिकै जंगलमा बस्दै आएका उनीहरु सुर्खेत हुदँै दाङसम्म आईपुगेको बताए । शाहीका अनुसार अहिले राउटे समुदाय करिव दुई सयको संख्यामा रहेको छ । फिरन्ते जातीका रुपमा रहेको राउँटे समुदाय सुरुका दिनहरुमा पैसा छोए पाप लाग्छ भन्ने मान्यता भएपनि पछिल्लो समय आवश्यक सामग्री जुटाउन पैसा भाग्दै हिड्ने गरेका छन । आज घोराही आईपुगेका उनीहरु केही दिन दाङमै बसेर सहयोग उठाउने समेत बताए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ