सप्तरी र कंचनपुरमा सवारी दुर्घटना : ५ जनाको मृत्यु

2019-09-14

राजविराज - सप्तरीको कञ्चनपुर–फत्तेपुर सडक खण्डमा शुक्रबार भएको दुई वटा सडक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।

फत्तेपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना १ क ७९८३ नम्बरको टिपरले सोही दिशामा जाँदै गरेको साइकललाई ठक्कर दिँदा राजविराज नगरपालिका १० बिगवाका २० वर्षिय मनोज रामको मृत्यु भएको छ।

दुर्घटनामा दुवै तिघ्रा भाँचिएपछि उपचारका लागि विराटनगर लाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, फत्तेपुरवाट कञ्चनपुरतर्फ जाँदै गरेको बा९१प १७३० नम्बरको मोटरसाइकल कञ्चनरुप नगरपालिका ८ मा आफै अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा कञ्चनपुर नगरपालिका ११ का २२ वर्षीय त्रिभुवन चौधरी र २५ वर्षीय रुपैश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्रकुमार सिंहले जानकारी दिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ