स्वस्थ यौन सुखी जीवन : यौन सु:ख प्राप्त गर्न खानुहोस यस्ता खानेकुराहरु !

2019-07-25

स्वस्थ यौन जीवनले यौन जोडीमा मात्रै हैन व्यक्तिको जीवनमा समेत खुसी ल्याउन मद्दत गर्छ। तर स्वस्थ यौन जीवनका लागि पोषणयुक्त खानपानमा ध्यान दिनै पर्छ।

युवा अवस्थामा मात्रै हैन बुढेसकालमा पनि स्वस्थ यौन आवश्यक हुने हर्मन रोग विशेषज्ञ विनय भट्टराईको तर्क छ।

पुरुषमा टेस्टेस्टेरोन हर्मनको कमी हुँदा पुरुषमा यौन इच्छा नहुँदा जोडीलाई नै समस्या हुन्छ। टेस्टेस्टेरोन हर्मन कम भई पुरुष उत्तेजित नहुनुलाई चिकित्सकीय भाषामा अन्सेट हाईपोगोन्याडिजम भनिन्छ। डा.भट्टराईले भने, ‘यसरी हर्मन कम भएको अवस्थामा कृत्रिम टेस्टेस्टेरोन हर्मन दिइन्छ।’ पुरुषको शरीरमा यस्तो हर्मनको कमी हुँदा हड्डी खिइनेलगायतका समस्या हुने चिकित्सक बताउँछन्।

चिकित्सकका अनुसार यदि हर्मनको कारण यौन उत्तेजना कम भएको अवस्थामा यस्ता हर्मन दिने गरिन्छ। यौनाङ्गमा समस्या, मधुमेह, औषधिको सेवन मधुमेह भएको अवस्थामा यौन उत्तेजना नहुन सक्छ यस्तो अवस्थामा समस्या पहिल्याई समाधानको उपाय खोजिन्छ।

हर्मन मात्रै नभएर उचित खानपान तथा पोषणको अभावमा पनि यौन समस्या हुन सक्छ। स्वस्थ जीवन र स्वस्थ यौन क्रियाकलापका लागि कार्बोहाइड्रेड, प्रोटिन, बोसो, खनिजजस्ता पोषणयुक्त खाद्य पदार्थ सन्तुलित रुपमा खानुपर्छ। दैनिक भात, दाल, रोटी, मासु सागसब्जीलगायतका खाद्यपदार्थ खानु यौनका लागि मात्रै हैन समग्र स्वास्थ्यका लागि फाइदा हुन्छ। विभिन्न जातका कुखुरा, ढुकुर, परेवा, हाँसलगायत पक्षीको मासु खानु यौनका लागि उपयुक्त हुने डा. दिनेश बाँस्तोला बताउँछन्। खसी— बाख्रा, राँगा—भैँसी, गोरु—गाई, भेडाजस्ता जनावरको रातो मासु खानु भने स्वास्थ्य तथा यौनका लागि उपयुक्त नहुने उनी बताउँछन्।

पाको उमेरमा पोषण आवश्यक प-यो नै। यौन क्षमता बढाउने तथा सन्तुलित राख्ने विविध उपाय छन्।

चकलेटको क्षमता
कतिपय यस्ता चकलेट हुन्छन् जसले यौन क्षमता बढाउन सहयोग गर्छन्। चकलेट खानाले समेत यौन क्षमता बढाउन सकिन्छ। डा. बाँस्तोलाका अनुसार नरिबल मिसिएका चक्लेट यौनबद्र्धक हुन्छन्। नरिबल मिसाएर तयार गरिएको चकलेटमा हुने अँध्यारो (डार्क) पनले शरीरमा उत्पादन हुने सेरोटोनिन र इन्डर्फिन रासायनिक तत्त्वले अनुहारको चमकता ल्याउन सहयोग गर्छ। पाको उमेर होस् वा युवा अवस्था नै किन नहोस् चकलेट खानाले यौन जोडीको अनुहारमा चमकता आउने हुँदा यौन उत्तेजना ल्याउन सहयोग पुग्छ। त्यसैले नियमित रुपमा सन्तुलित किसिमले यस्ता चकलेट खान सकिन्छ। यस्ता चकलेटले शरीरमा सेरोटोनिन र इन्डर्फिन तत्त्व उत्सर्जनमा सहयोग गरी यौन जोडीको अनुहारमा खुसी ल्याएर मस्तिष्कको हाइपोथालामसको यौन केन्द्र सक्रिय भएपछि कामोत्तेजना हुने बाँस्तोलाले बताए। त्यसैले यौन सम्पर्क गर्नु आधा घण्टाअघि चक्लेट खानु उपयुक्त हुने चिकित्सकले बताए।

अण्डाको कमाल
नियमित तथा सन्तुलित रुपमा अण्डा खानाले पाको उमेरमा पुरुषमा उत्तेजनामा सहयोग पुग्ने चिकित्सक बताउँछन्। डा. बास्तोलाले भने, ‘अण्डामा पाइने एमिनो एसिड र एल–अर्गिनिन्ले पुरुषलाई उत्तेजनामा ल्याउँछ।’

नियमित सन्तुलित रुपमा अण्डा खानाले महिलामा पनि यौन उत्तेजना आउन सहयोग पुग्छ। पुरुष र महिला दुवै उत्तेजित नभएको खण्डमा हल्का अण्डा उमालेर खानुपर्ने चिकित्सक सुझाउँछन्। अण्डा फ्राइ गरेर खानु भने स्वास्थ्यका लागि उपयोगी हुँदैन। डा. भट्टराई पनि डा. बाँस्तोलाको तर्कमा सहमत देखिन्छन्। डा. भट्टराई पनि सुखद तथा आनन्दित यौनका लागि सन्तुलित रुपमा पोषणको आवश्यकता पर्ने बताउँछन्।

स्वस्थ यौन
अधिकांश व्यक्तिमा यौन रोगभन्दा यौन समस्या भएको देखिने मनोविद् ढकालले बताए। सामान्यतः शारीरिक रुपमा स्वस्थ व्यक्तिले यौन क्रियाकलाप गर्न वा आफ्नो यौन भूमिका निभाउन सफल हुन्छ। शारीरिक रुपमा व्यक्ति स्वस्थ हुँदैमा यौन जोडीसँग पूर्ण यौन सम्पर्क, यौन सन्तुष्टि तथा यौन क्रिडा हुन्छ नै भन्ने हुन्न। चिकित्सकका अनुसार पूर्ण यौन सन्तुष्टिका लागि व्यक्ति शारीरिक मात्रै हैन मानसिक रुपमा पनि स्वस्थ हुन आवश्यक छ। शारीरिक तथा मानसिक रुपमा व्यक्ति स्वस्थ नहुने हो भने त्यस्तो व्यक्तिले पूर्ण यौन सन्तुष्टि पाउन कठिनै हुन्छ। व्यक्ति मानसिक रुपमा स्वस्थ हुनका लागि सन्तुलित रुपमा खानपान तथा पोषणको आवश्यकता पर्छ।

कस्तो भोजन ठीक?
आयुर्वेदमा समेत सात्विक, राजसी र तामसी भोजनको व्याख्या गरिएको छ। यस्ता भोजन तथा खानपानले स्वास्थ्यमा अवश्य असर पुर्याउँछ नै। खानपानले यौनमा समेत प्रभाव पर्छ। जति शारीरिक स्वास्थ्यका लागि पोषणको आवश्यक हुन्छ, त्यति नै मानसिक स्वास्थ्यका लागि पोषणले भूमिका खेल्ने चिकित्सक बताउँछन्।

मानसिक स्वास्थ्यका लागि सात्विक (साकाहारी) भोजन उचित हुने मनोविद्को तर्क छ। सात्विक भोजनमा विभिन्न किमिका फलफूल, सागसब्जी, गेडागुडी, दूध, दहीजस्ता खानपान गर्नु उपयुक्त हुने मनोविद् ढकालले बताए। यस्ता खानपान स्वस्थ यौनका लागि पनि उपयोगी हुने चिकित्सकको तर्क छ।

मनोविद् ढकालका अनुसार राजसी भोजनले भने व्यक्तिलाई उत्तेजित बनाउँछ। राजसी खानपानमा तारेको, भुटेको, मसलेदार, माछा, मासुलगायत पर्छन्। यस्ता खानपानले व्यक्तिमा उत्तेजना बढाउँछ। पछिल्लो समयमा तारेका, भुटेका र माछा, मासुजस्ता खानपान जथाभावि अव्यवस्थित रुपमा खानाले व्यक्तिमा डिप्रेसनलगायतका मानसिक रोगको जोखिम बढ्ने ढकालले बताए। मानसिक समस्या भएको अवस्थामा सुखद यौनको कल्पना गर्न कठिन छ।

तामसीअन्तर्गत सडेगलेका, प्याकिङ गरिएका, मात्ने तथा लठ्ठिनेजस्ता किसिमका मदिराजन्य खानपान पर्छन्। यस्ता खानपानले व्यक्तिको शारीरिक मात्रै हैन मानसिक रुपमा समेत प्रत्यक्ष असर पुग्छ। शारीरिक तथा मानसिक रुपमा व्यक्ति अस्वस्थ भएपछि यस्ता खानपानले यौन क्षमतामा नकारात्मक असर नपर्ने कुरै भएन। यस्ता मात्ने तथा सडेगलेका खानपानले यौन क्षमतामा कमी ल्याउने ढकालले बताए।

रक्सी जस्ता माद्यक पर्दाथ सेवन गर्नाले यौन उत्छृङ्खलता आउने मनोविज्ञ बताउँछन्। तर रक्सी पिउने व्यक्तिमा शारीरिक रुपमा भने यौन क्षमता बढ्ने हैन उल्टो कमजोर हुने ढकालले बताए। त्यसैले सुखद यौन जीवनका लागि रक्सी नपिउनु नै उचित हुन्छ।

त्यसैले स्वस्थ यौन जीवनका लागि रक्सीलगायतका शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पु¥याउने किसिमका खानपानको नखान मनोविद्को सल्लाह छ।

कतिपय पेय पदार्थ भने यस्ता छन्, जसले यौन दक्षमतामा कमी हैन उत्तेजना ल्याउन सहयोग पुग्छ।

कफी त्यस्तै एक किसिमको मस्तिष्क उत्तेजक पेय पदार्थ हो। कफी पिउँदा यौन चाहनाको चाल बढाउने डा. बाँस्तोला बताउँछन्। यसले कामोत्तेजना बढाउँछ। यौन उत्तेजना बढाउने भएकाले यौन उत्तेजनाको चाहना बढाउनका लागि पुरुष वा महिलाले यौन सम्पर्क गर्नुभन्दा आधा घण्टा अघि कफी पिउन चिकित्सकको सल्लाह छ। यौन उत्तेजना आएपछि जवान मात्रै हैन पाको उमेरका व्यक्तिले पनि यौन सन्तुष्टि लिन सकिन्छ। त्यसैले यौन क्षमतामा ह्रास आएको महसुस भए के युवा, के पाको उमेरका व्यक्ति कफी पिएर यौन सम्पर्क गरी यौनानन्द लिन सकिने डा. बाँस्कोटाको सुझाव छ। गर्मीमा भने कम मात्रामा कफी पिउनु उपयुक्त हुन्छ। दैनिक चार कपसम्म कफि पिउनु शारीरिक मानसिक तथा यौनकालागि उपयुक्त मानिन्छ।

सन्तुलित खानपानले व्यक्ति शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुने सम्भावना बलियो हुन्छ। व्यक्ति शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुनेबित्तिकै त्यस्ता यौन जोडीको यौन जीवन सुखद हुने ढकालले बताए।

पाको उमेरमा सुखद यौन
पाको उमेरका व्यक्तिले पनि खानपान तथा व्यवस्थित जीवनशैली अपनाए बुढेसकालमा पनि सुखद तथा आनन्दित यौन क्रियाकलाप गर्न सकिने चिकित्सकको तर्क छ।

यौन जोडी (श्रीमान–श्रीमती) मध्ये एक व्यक्ति स्वस्थ रहँदैमा त्यस्ता जोडीको यौन जीवन सुखद हुँदैन। सुखद यौन जीवनका लागि यौन जोडीका दुवै स्वस्थ रहन आवश्यक छ। स्वस्थ यौनका लागि शरीरमा आवश्यक पोषणयुक्त खानपानमा ध्यान दिनै पर्छ। शारीरिक व्यायममा त्यतिकै ध्यान दिनु पर्छ।

बुढेसकालमा पनि शारीरिक अंग तथा यौनाङ्ग वयस्क तथा युवा अवस्थाको तुलनामा उत्तेजित नभए पनि मनले भने यौन इच्छा तथा चाहना राख्ने ढकालको तर्क छ। ढकालले भने, ‘पाको उमेरमा पनि आनन्दले यौन इच्छा तथा चाहना पूरा गर्न सकिन्छ।’ पाको उमेरमा शारीरिक शिथिलतालाई स्वीकारी यौन जोडी (श्रीमान्–श्रीमती) बीच कुराकानी, ठट्टा गरेर यौन सन्तुष्टि लिन सकिन्छ।

अर्कोतर्फ पाको उमेरमा शारीरिक रुपमा शिथिलता भए पनि केही हदसम्म यौन क्षमता कायम राख्न सकिन्छ। यौन उत्तेजना बढाउन यौन हर्मन पुरुषको टेस्टेस्टेरोन र महिलाको प्रोजेस्टेरोन, इस्ट्रोजेन) को महत्त्वपूर्ण भूमिका हुन्छ। शरीरमा यस्ता हर्मनको अभाव भएमा कृत्रिम हर्मनसमेत दिन सकिने हर्मनरोग विशेषज्ञ भट्टराई बताउँछन्।

पाको उमेरमा यस्ता हर्मनको कमी हुँदै जाने हुँदा यौन क्षमतामा कमी आउन सक्छ।

पाको उमेरमा मात्रै हैन युवा अवस्थामा समेत तनाव, डिप्रेसनजस्ता मानसिक समस्याका कारण यस्ता यौन हर्मनको उत्पादनमा कमी आई यौन क्षमतामा कमी हुन सक्छ। यस्ता यौन हर्मनलाई सन्तुलनमा राख्न तथा यौन क्षमता कायम राख्नका लागि पोषणयुक्त खानपानको आवश्यक छ। तनाव व्यवस्थापन गर्नु त्यत्तिकै आवश्यक छ। मानसिक समस्याका कारण यौन समस्या भएको खण्डमा उपचारपछि समस्या समाधान गर्न सकिने मनोविद् बताउँछन्।

यौन चाहना तथा यौन उत्तेजना नभएको अवस्थामा व्यक्तिले भियग्रा वा यौन उत्तेजना बढाउने किसिमका औषधिको साहारा लिनु उपयुक्त नहुने चिकित्सक बताउँछन्। यस्ता कृत्रिम यौनजन्य औषधिले क्षणिक रुपमा यौन हर्मनको उत्पादन गरी यौन आवेग गराउने ढकालले बताए। कृत्रिम भियग्रा प्रयोग गर्दा व्यक्तिले तत्कालीन रुपमा यौन क्षमता बढेको महसुस गरे पनि यस्ता औषधि सेवन गरिरहनु स्वास्थ्यका लागि घातक हुन सक्ने चिकित्सक बताउँछन्।

सेक्सथेरापी उपचार
यौन समस्या भएको खण्डमा सेक्सथेरापी विधि अपनाई उपचार गर्न सकिने मनोविद् बताउँछन्।

यौन रोग र यौन समस्यामा फरक छ। यौन रोग भनेको शारीरिक रुपमा यौनाङ्ग तथा प्रजनन् अंगमा देखा पर्ने समस्या हो। शारीरिक रुपमा नभई मनको कारण मानसिक रुपमा आउने यौन विचलन पनि यौन समस्या हो। यौन विचलन भएको अवस्थामा सेक्सथेरापी गर्नु उचित हुन्छ। सेक्सथेरापी उपचार विधिद्वारा यौन विचलन तथा समस्याको समाधान गर्न सकिने मनोचिकित्सक बताउँछन्। सेक्स थेरापिमा पेडोफेलियालगायतको यौन समस्याका बारेमा समस्यामा परेका व्यक्तिलाई परामर्श दिइन्छ।

सेक्सथेरापीमा यौनमा नयाँ पन र नयाँ स्वाद कसरी ल्याउने, यौन अनुशासन, यौन सन्तुलन, यौन व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा जानकारी गराइन्छ। विशेषगरी युवावस्थामा यौनको सोच बढी आउँछ। हमर्नलगायतको कारण त्यो अवस्थामा त्यस्तो किसिमको सोच आउनु स्वाभाविकै हो। वयस्क र पाको उमेरमा यौनको सोच नआउने कुरै भएन। यस्तो सोच आएको अवस्थामा यौन उत्तेजना बढाउने दृश्य तथा श्रव्य–दृश्य सामग्री हेर्नु ठीक नहुने मनोविद्को तर्क छ। यसरी अश्लील किसिमका श्रव्य दृश्य सामग्री हेर्ने लत लाग्दा समस्या उत्पन्न हुन सक्छ। त्यसैले यस्ता सामग्री हेर्न मन लागेको अवस्थामा एक्लै नबस्न मनो चिकित्सकको सुझाव छ। परिवार तथा साथीभाइसँग घुलमिल गर्दा यौनको सोच कम भई सोच अर्कोतिर मोडिन्छ। जसले यौनको समस्याबाट बच्न सकिन्छ।

यौन समस्यामा परेका व्यक्तिलाई यौन सुख नमिल्दा चिटचिटाहट हुनुका साथै रिसाहापनको अवस्था आउने ढकालले बताए। आत्मविश्वासमा कमी, यौनजोडी (श्रीमान श्रीमती) बीच एक अर्कामा आँखा जुधाएर कुरा गर्न नसके शंका, नैरास्यताजस्ता समस्या देखा पर्छन्। यस्तो अवस्थामा सेक्सथेरापी गरी समस्या समाधान गर्न सकिन्छ। यौन सम्पर्क गर्न नसकेको अनुभूति हुँदा व्यक्तिमा हिनताबोध उत्पन्न हुन्छ। यस्तो अवस्थामा यौन चाहना पनि कम हुने भएकाले उपचार विधि अपनाउनु पर्ने हुन्छ। डा. भट्टराई पनि सुखद यौनका लागि यौन जोडीबीच स्वच्छ प्रेम हुनुपर्नेमा जोड दिन्छन्।

समस्या थरी–थरी
नियमित तथा सन्तुलित रुपमा स्वस्थ यौन सम्पर्क गर्दा तनाव कम हुन्छ। तनाव कम हुनेबित्तिकै हृदयाघात, रक्तचाप, टाउको दुख्ने, शरीर दुख्नेलगायतका समस्याबाट छुट्कारा पाउन सकिने चिकित्सक बताउँछन्। मानसिक कारणले गर्दा हुने यौनको समस्यालाई साइको सेक्सुअल डिसअर्डर भनिन्छ। शीघ्र पतन, यौन उत्तेजना नहुने, यौन सम्पर्कको समयमा पीडा हुने जस्ता समस्या साइको सेक्सुअल डिसअर्डरका उदाहरण हुन्। यस्तो समस्या भएका व्यक्तिमा यौन जोडीलाई दुःख दिने, हस्तमैथुन गर्न मन लाग्ने, अश्लील सामग्री हेर्न मन लाग्ने, आफैँले आफैँलाई पिटेर यौन आनन्द लिने, आफैँले आफैँलाई पिट्नेजस्ता व्यवहार देखाउँछन्। त्यति मात्रै अति यौन चाहना हुनेजस्ता समस्या हुन सक्ने मनोविद्को तर्क छ।

साइबर सेक्सको कुलतमा लागेका व्यक्तिले सार्वजनिक ठाउँमा विभिन्न किसिमले यौनाङ्ग घर्षण गरेर यौन आनन्द लिन खोज्ने व्यवहार देखाउन सक्छन्। यस्तो कुलतमा फसेका व्यक्तिले सार्वजनिक ठाउँमा यौनाङ्ग देखाउनेजस्तो व्यवहार गर्ने जोखिम हुन्छन्। विशेषगरी यस्तो यौन समस्यामा परेका पुरुषले महिलाको भित्री अंगका वस्त्रमा (पेन्टी, ब्रालगायत) यौन क्रिडा गर्नेजस्ता व्यवहार गर्न सक्ने चिकित्सक बताउँछन्। त्यति मात्रै हैन जनावरसँग यौन सम्पर्क गर्नेजस्ता व्यवहार गर्नु साइको सेक्सुअल डिस अर्डरको समस्या हो। यस्तो अवस्थामा सेक्सथेरापी जरुरत हुन्छ। यस्तो समस्या भएको अवस्थामा यौन परामर्श वा मनोविज्ञको सल्लाहमा सेक्सथेरापी उपचार गरी समस्या समाधान गर्न सकिन्छ।

फरक–फरक यौन व्यवहारको बारेमा जानकारी गराइन्छ।
यौन समस्याका रुपमा यौनको अतिचाहना हुनुलाई सेक्स एडिक्सन भनिन्छ। हामो सेक्स (एउटै प्रकृतिको लिंगीसँग), बाइ सेक्सुअल (समलिंगी वा विपरीत लिंगी दुवैसँग आकर्षित हुने) जस्तो समस्या भएको खण्डमा मनोपरामर्श दिई समस्या समाधान गर्नु उचित हुन्छ। सेक्सथेरापीमा यौन रोग र यौन समस्याका बारेमा जानकारी गराइन्छ।

सम्बन्ध सुमधुर
सुखद यौन जीवनका लागि श्रीमान्–श्रीमती (यौन जोडी) बीच सुमधुर सम्बन्ध हुन आवश्यक रहेको डा. भट्टराईको सुझाव छ। एक आपसमा भावना साटासाट गर्नुपर्छ। श्रीमान्–श्रीमतीबीच (यौन जोडी) एक आपसमा विश्वास त हुनै प¥यो। अविश्वासले पनि यौन बिचलन निम्त्याउन सक्छ। यौन सम्पर्कको समयमा यौनका बारेमा यौन जोडीबीचमा कुरा गर्दा यौन उत्तेजना आउन सक्छ। फोर प्ले गर्नुपर्ने ढकाल बताउँछन्। फोर प्ले गर्दा पनि यौन उत्तेजनामा पुग्न सकिन्छ। यस्तो अवस्थामा यौनांग उत्तेजित हुन सहयोग पुग्छ। यौनका बारेमा भ्रम पाल्न नहुने चिकित्सकको सुझाव छ। फरक–फरक आसनमा यौन सम्पर्क गर्नाले यौनआनन्दानुभूति प्राप्त गर्न सकिन्छ। एकै आसनमा यौन सम्पर्क गर्दा नयाँ अनुभूतिको महसुस हुन नसक्ने भएकाले यौन उत्तेजना कम हुन सक्ने डा. बाँस्तोला बताउँछन्।

यस्ता विषयलाई सन्तुलित रुपमा राख्ने तथा सुधार गरे यौन जोडीले श्रीमान्–श्रीमती (यौन जोडी) ले सुखद दाम्पत्य जीवन जिउन मद्दत पुग्छ।

सेक्सथेरापी उचित विधि
गोपाल ढकाल
मनोविद्
यौन समस्या किन देखा पर्छ। यौन समस्या देखा पर्नुका कारण तनाव, डिप्रेसन, डर, चिन्ता, अल्कोहल सेवन, लागूपदार्थको कुलत, बाल्यकालमा यौन दुव्र्यवहारमा पर्नु, यौनप्रतिको भ्रमलगायतका हुन्। अध्ययनअनुसार विश्वमा ४३ प्रतिशत महिला र ३१ प्रतिशत पुरुषलाई आफ्नो जीवनकालमा सेक्सथेरापीको जरुरत पर्छ।

यौन समस्या भएको खण्डमा सेक्सथेरापी गर्न सकिन्छ। उचित सेक्सथेरापीले यौन समस्याबाट छुट्कारा पाउन सकिन्छ। सेक्सथेरापी भनेको प्रयोगात्मक रुपमा यौन गर्ने हैन। यसका केही भ्रम छन्। यो नितान्त दिने परामर्श हो। यौन जोडी स्यंले यसको गोप्यरुपमा प्रयोग गर्न सक्छन्। यो एक किसिमको उचित यौन परामर्श हो। यौन जीवनलाई सुखद बनाउन यौन जोडीले के गर्ने र के नगर्ने भन्ने विषयमा यौन परामर्शदातासँग परामर्श लिन सकिन्छ। उचित उपचारपछि यस्तो समस्याबाट छुट्कारा पाउन सकिन्छ।

सेक्सथेरापीमा यौनको बारेमा यौन जोडीमा उचित परामर्श दिइन्छ जसले जोडीमा सुखद यौन होस्। सेक्सथेरापीमा यौनका भ्रम चिर्ने प्रयास गरिन्छ। मनोपरामर्शदाताद्वारा जोडी एकलाई वा आवश्यकताअनुसार जोडीलाई नै राखेर पनि परामर्श दिइन्छ।


उपेन्द्र खड्काले नागरिकमा लेखेका छन् ।




थप समाचार


कोरोनाको मनोवैज्ञानिक त्रासबाट कसरी बच्ने ? यस्ता छन् विज्ञका सुझाब !

कोरोनाको मनोवैज्ञानिक त्रासबाट कसरी बच्ने ? यस्ता छन् विज्ञका सुझाब !

चितवन - कोरोनाको संक्रमण बढ्दै गर्दा संक्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्छ। समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन्। कोरोना संक्रमणका ...

बेलायतमा कोभिड-१९ विरुद्धको खोपको मानिसमा परीक्षण

बेलायतमा कोभिड-१९ विरुद्धको खोपको मानिसमा परीक्षण

एजेन्सी - बेलायतमा कोभिड–१९ विरुद्धको खोप मानिसमा परीक्षण सुरु भएको छ। बेलायतस्थित विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले बिहीबारदेखि कोभिड-१९ विरुद्धको नयाँ खोप परीक्षण सुरु गरेको हो। युरोपकै ...

कोरोनबाट हालसम्म चीनमा १ हजार १ सय १३ को मृत्यु, ४४ हजार बढी संक्रमित

कोरोनबाट हालसम्म चीनमा १ हजार १ सय १३ को मृत्यु, ४४ हजार बढी संक्रमित

एजेन्सी - चीनमा देखा परेकाे काेराेना भाइसका कारण मृत्यु हुनेकाे संख्या १ हजार १ सय १३ पुगेकाे छ। याे भाइरसबाट चीनमा मंगलबारसम्म ४४ हजार ६ ...




ट्रेन्डिङ