अभिभावकलाई योग तथा आयुबेर्द शिक्षा

2019-03-02

दिवाकर पोख्रेल
देउखुरी, फागुन । घरमै पाइने जडिबुटीलाई औषधिको रुपमा प्रयोग नगरेर महङगो शुल्कमा अलोपेथिक औषधि प्रयोग गर्नुपर्ने बाध्यतालाई हटाउने दाङको एक संस्थागत विद्यालयले अभिभावकलाई योगाशिक्षा र आयुबेर्द शिक्षाको बारेमा जानकारी गराएको छ । पतन्जली योग समितिका आयुवेर्द परार्शदाता र योग शिक्षक मार्फत विद्यालयका अभिभावकलाई ज्ञान दिलाएपछि अभिभावक पनि खुसी भएका छन् ।

विद्यालयले भावादीत ज्ञान,संस्कारयुक्त शिक्षा दिलाउदै आएको थियो, विद्यालयमै बोलाएर आयुबेर्दको रुपमा जानकारी गराउँदा खुसी लाग्यो,अभिभावक राधा खनालले भन्नुभयो ।
दाङको लमही स्थित ज्योतिस्मती बिद्यापीठ लमहीले आफ्ना अभिभावक र विद्यार्थीलाई योगाशिक्षा र आयुर्वेदिक ज्ञान दिलाएको हो । गाउँघरमै उपलब्ध जडिबुटीलाई औषधिको रुपमा प्रयोग गर्न जान्दा आर्थिक रुपमा पनि फाइदा हुने र एलोपेथिक औषधिको जस्तो दिर्घकालिन असर नपुग्ने भन्दै सकेसम्म बजारको औषधि प्रयोग नगर्न आयुबेर्दिक परामर्शदाताले सुझाव दिएका छन् ।

पतञ्जली योग समितिका पाँच नम्बर प्रदेशका उपाध्यक्ष धर्मराज पौडेलले आयुबेर्द शिक्षा र योगशिक्षामा दाङमा लहर बढेको भन्दै दाङमा  दैनिक योगका कक्षा सञ्चालन भइरहेको बताउनुभयो ।
समितिका केन्द्रिय सदस्य तथा आयुबेर्द परामर्शदाता लोकनाथ ढकालले बढ्दो प्रविधिको प्रयोग संगै मानव सुखी बन्ने नाममा शरिरलाई आवश्यक पर्ने अभ्यासहरु नगर्दा विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्ने गरेको बताउनुभयो । दैनिक स्वच्छ आहार गर्ने र योगा गर्दा ९० प्रतिसत रोगलाई निको पार्न सकिन्छ,उहाँले भन्नुभयो । कार्यक्रममा प्रदेश साँसद रेवतिरमण शर्मालेसरकारले भन्ने गरेको समृद्धिको एउटा मुख्य आधार जडिबुटीको रहेको भन्दै जडिबुटीको क्षेत्रमा उल्लेख खोज अनुसन्धान गर्न बाँकी रहेको बताउनुभयो ।

ज्योतिष्मती विद्यापीठका प्राचार्य नारायण भुसालले संस्थागत विद्यालयले कमाउने मात्रै नभएर समाजको लागि पनि योगदान पु¥याएको भन्दै आफ्नो विद्यालयले संचालन गरेको संस्कृत शिक्षा,भावादीत ज्ञान,योग शिक्षा तथा आयुवेर्द शिक्षा त्यसैको उदाहरण भएको जानकारी दिनुभयो । विद्यालयका अध्यक्ष बसन्तराज अधिकारीको अध्यक्षता तथा प्रदेश साँसद रेवतिरमण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय नागरिक, अभिभावक, विद्यार्थी र शिक्षकलाई योग शिक्षाको बारेमा जानकारी गराइएको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ