रेकर्ड ब्रेक : एघार महिनामा १० लाख पर्यटकले नेपाल भिजिट गरे

2018-12-13

काठमाडौं – नेपाल आउने पर्यटकको संख्यामा नयाँ रेकर्ड बनेको छ । सन् २०१८ को ११ महिनामा १० लाख १ हजार ९ सय पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या सन् २०१७ को तुलनामा १७ प्रतिशतले बढी हो ।

यो संख्यामा अक्टोबर र नोभेम्बर महिनामा स्थलमार्ग हुँदै नेपाल आउने पर्यटक समावेश गरिएको छैन । स्थलमार्ग हुँदै आएका पर्यटकको संख्या पनि जोड्दा पोहोरको ११ महिनाको तुलनामा यो वर्ष नेपाल आउने पर्यटकको संख्या २३ प्रतिशतले बढ्ने बोर्डले जनाएको छ ।

नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय रहेका छन् । ११ महिनामा २ लाख ६० हजार एक सय २४ पर्यटक नेपाल आएका छन् । त्यस्तै नेपाल आउनेमध्ये चिनियाँ पर्यटक पनि उल्लेख्य छन् । गएको ११ महिनामा १ लाख ३४ हजार ३ सय ६२ चिनियाँ पर्यटक नेपाल घुम्न आएका छन् ।

यस्तै युरोपेली देशबाट नेपाल आउने पर्यटकको संख्या २ लाख २४ हजार २ सय ६ रहेको छ ।

यस वर्ष नेपाल आउने अमेरिकी पर्यटक पनि बढेका छन् । अक्टोबर महिनामा ११ हजार ५ सय १७ र नोभेम्बरमा ९ हजार एक सय ९३ जना पर्यटक नेपाल आएका छन् । सन् २०१८ को ११ महिनामा ८२ हजार ८ सय ७० जना अमेरिकी पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । यो अवधिमा ३३ हजार ५ सय २८ जना अष्ट्रेलियन पर्यटक नेपाल आएका छन् ।

नेपाल विश्वकै प्रमुख पर्यटकीय गन्तव्य बन्छ : सीईओ जोशी

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सन् २०१८ को ११ महिनामा नेपाल आएका पयर्टकको संख्याले उत्साहित बनाएको बताउनुभएको छ । यो संख्याले नेपाल अब विश्वकै पर्यटकीय गन्तव्य बन्दै गरेको संकेत मिलेको पनि जोशीको दावी छ ।

बोर्डले थप कार्यक्रम बनाएर यो संख्या आउँदो वर्ष झनै बढाउने र सन् २०२० मा २० लाख पर्यटक नेपाल आउने उहाँको दावी छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ