सबै सञ्चयकर्ताको स्वास्थ्य बिमा गर्दै सञ्चय कोष, उपचारमा १ देखि १० लाखसम्म पाइने

2018-11-15

काठमाडौं - कर्मचारी सञ्चय कोषले सबै सञ्चयकर्ताको स्वास्थ्य बिमा गर्ने भएको छ। आगामी मंसिर १ गतेदेखि लागू हुने गरी कोषले ६ लाखभन्दा बढी सञ्चयकर्ताको कूल ११ लाखको बिमा गर्न लागेको हो।

कोषले जटिल रोगको उपचारका लागि १० लाख र सामान्य उपचारको लागि एक लाख रुपैयाँको स्वास्थ्य बिमा गर्ने लागेको हो। बुधबार ३ बजे राष्ट्रिय बिमा कम्पनीसँग सञ्चयकर्ताको बिमा सम्झौता हुने कोषका प्रशासक तुलसीप्रसाद गौतमले बताए। स्वास्थ्य बिमा योगदानमा आधारित नभइ सबै सञ्चयकर्ताको एकमुष्ठ भएको कोषका प्रशासक तुलसीप्रसाद गौतमले बताए।

सञ्चयकर्ता बिरामी भई अस्पताल भर्ना भएर उपचार गरेको खण्डमा एक लाख रुपैयाँ र सरकारले जटिल रोग भनि तोकेका ९ प्रकारका रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्चको क्षतिपूर्ति बिमाले कभर गर्ने छ। कोषले सञ्चयकर्ताको स्वास्थ्य बिमाको लागि वार्षिक ३० करोड खर्च गर्ने भएको छ।

कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको हितलाई ध्यानमा राखेर २०७३ देखि नै स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने तयरी गरेको थियो। तर कार्यन्वयन हुन सकेको थिएन।




थप समाचार


कोरोनाको मनोवैज्ञानिक त्रासबाट कसरी बच्ने ? यस्ता छन् विज्ञका सुझाब !

कोरोनाको मनोवैज्ञानिक त्रासबाट कसरी बच्ने ? यस्ता छन् विज्ञका सुझाब !

चितवन - कोरोनाको संक्रमण बढ्दै गर्दा संक्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्छ। समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन्। कोरोना संक्रमणका ...

बेलायतमा कोभिड-१९ विरुद्धको खोपको मानिसमा परीक्षण

बेलायतमा कोभिड-१९ विरुद्धको खोपको मानिसमा परीक्षण

एजेन्सी - बेलायतमा कोभिड–१९ विरुद्धको खोप मानिसमा परीक्षण सुरु भएको छ। बेलायतस्थित विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले बिहीबारदेखि कोभिड-१९ विरुद्धको नयाँ खोप परीक्षण सुरु गरेको हो। युरोपकै ...

कोरोनबाट हालसम्म चीनमा १ हजार १ सय १३ को मृत्यु, ४४ हजार बढी संक्रमित

कोरोनबाट हालसम्म चीनमा १ हजार १ सय १३ को मृत्यु, ४४ हजार बढी संक्रमित

एजेन्सी - चीनमा देखा परेकाे काेराेना भाइसका कारण मृत्यु हुनेकाे संख्या १ हजार १ सय १३ पुगेकाे छ। याे भाइरसबाट चीनमा मंगलबारसम्म ४४ हजार ६ ...




ट्रेन्डिङ