७७ वटै जिल्लाबाट छानिए सय नयाँ पर्यटकीय गन्तव्य

2018-11-04

काठमाडौँ - सरकारले देशभर ७७ वटै जिल्लाबाट पर्यटकीय सम्भावना बोकेका १ सय नयाँ गन्तव्य छनोट गरी सार्वजनिक गरेको छ । नयाँ गन्तव्यको खोजी र प्रवद्र्धन गर्न नसकेको आरोप लाग्दै आएको सरकारले यसपटक भने बजेटमै गन्तव्य खोजी गर्ने कार्यक्रम समेटेको थियो ।

सोहीअनुसार सम्भाव्य गन्तीय स्थलका लागि मापदण्ड बनाएर प्रस्ताव आह्वान गरिएको थियो । प्राप्त आह्वानलाई कार्यदलले अन्तिम रूप दिएसँगै मन्त्रीस्तरीय निर्णयबाट १ सय गन्तव्य सार्वजनिक गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लिखित कार्यक्रमको कार्यान्वयन कार्ययोजनाअनुसार सम्भावित गन्तव्य छनोट गर्न कार्यदल बनाउने, सोही कार्यदलले मापदण्ड बनाउने र सार्वजनिक सूचना निकालेर देशभरबाट प्रस्ताव आह्वान गर्ने जिम्मा नेपाल पर्यटन बोर्डलाई दिइएको थियो ।

मंसिरबाट कार्यान्वयन
मन्त्रालयले बनाएको कार्ययोजनाअनुसार १ सय गन्तव्य छनोट, लगानी जुटाउने र कार्यान्वयनको जिम्मेवारी बाँडफाँडको काम मंसिर २०७५ सम्म पूरा भइसक्नेछ । त्यसपछि छनोट भएका गन्तव्यमा आवश्यक पूर्वाधार निर्माण, प्रवद्र्धन तथा अन्य विकासको काम सुरु हुनेछ । मन्त्रालयले नयाँ विकास गर्नुपर्ने गन्तव्यसँगै यसअघि नै स्थापित भए पनि प्रवद्र्धन तथा प्रचार–प्रसार हुन नसकेका गन्तव्यको समेत छुट्टै सूची सार्वजनिक गरेको छ । यसपटक सातवटै प्रदेशबाट नयाँ गन्तव्य समेटिएका छन् । ७५ वटै जिल्लामा कम्तीमा एउटा गन्तव्य समेट्ने गरी १ सय गन्तव्यको सूची छानिएको मन्त्रालयले जानकारी दिएको छ । सन् २०२० सम्म वार्षिक २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित भिजिट नेपाल २०२० मनाउने घोषणा गरेको सरकारले नयाँ गन्तव्य प्रवद्र्धन गरी पर्यटनमा बहुआयामिक विकासको लक्ष्य लिएको छ ।

बजेट ५० करोड
यस कार्यक्रमका लागि चालू आवमा मन्त्रालयले ५० करोड रुपैयाँ बजेट छुट्याइएको छ । सरकारले ५० करोड रुपैयाँ छुट्याएको यस कार्यक्रममा स्थानीय, प्रदेश सरकार र निजी क्षेत्रको लगानीसमेत आकर्षित गरिने मन्त्रालयले जानकारी दिएको छ ।

 

जुम्लामा डुडुल चैत्यको उद्घाटन

सरकारले १ सय गन्तव्य भित्र समेटेको जुम्ला सदरमुकाम खलंगास्थित डुडुल चैत्य (बोधी चैत्य)को गत बुधबार भव्य उद्घाटन गरियो । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित जनप्रतिनिधि तथा स्थानीय र प्रदेश सरकारका प्रतिनिधिको उपस्थितिमा चैत्य उद्घाटन गरिएको हो । करिब ८ करोड रुपैयाँ लगानीमा निर्माण भएको यो चैत्यमा नेपाल सरकार, नेपाल पर्यटन बोर्डसहित स्थानीयले समेत आर्थिक तथा भौतिक सहयोग गरेका छन् । समग्र कर्णाली प्रदेशको पर्यटन विकासमा चैत्य कोशेढुंगा सावित हुने विश्वास पर्यटनमन्त्री अधिकारीको थियो । ‘अबको १० वर्षभित्र कर्णाली सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्य बन्नेछ,’ उनले भने, ‘यस क्षेत्रको विकासमा सरकारले ठूलो महत्व दिएको छ ।’

यी मापदण्ड पुगेका गन्तव्य छानिए

विभिन्न प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, साहसिक, धार्मिक र सांस्कृतिक महत्वका गन्तव्य
१ सय वर्ष पुराना पुरातात्विक महत्वका सम्पदा
पूर्वाधारको अवस्था (सडकको पहुँच, खाना र आवासको व्यवस्था, शौचालय उपलब्ध रहे÷नरहेको)
प्रस्तावित गन्तव्यनजिक रहेका अन्य आकर्षक गन्तव्यको उपलब्धता (वरपर रहेका गन्तव्यसमेत
समेटेर सर्किटका रूपमा विकास गर्न सकिने सम्भाव्यता)
प्रस्तावित गन्तव्य निजी रहेका आकर्षणका कारण करिब ५ घन्टासम्म समय व्यतीत गर्न सक्ने अवस्था
विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेका गन्तव्य
प्रस्तावित गन्तव्यको लोकप्रियता
प्रदेश एवं स्थानीय तहको प्राथमिकता
सुरक्षा प्रबन्ध


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ