राणा शासनको 'हुटहुटि'लाई नाटकमा उतार्दै जेवी डिसी

2018-09-06

काठमाडौँ - नाट्यकर्मी महासंघ र सांस्कृतिक संस्थानको आयोजनामा अहिले जमल स्थित राष्ट्रिय नाचघरमा नाटक 'माउजंग बाबुसाहेबको कोट' को रिहर्सल भैरहेको छ । भदौ २४ गते देखि मन्चन हुने उक्त नाटकको मुख्य भूमिका नेपाली नाट्य तथा सिने क्षेत्रका परिचित मुहार जे.वि. डिसीले निभाएका छन् । नाटकमा उनका अलावा तुलसा पहाडी, रोहानी लामा, अनिता थापा, दिलिप खड्का, कोपिला थापा लगायतले भूमिका निभाउदै छन् ।

भदौ २४ गते पछि असोज ५ गतेसम्म राष्ट्रिय नाचघरमा उक्त नाटक हरेक दिन बेलुका ५:३० देखि मन्चन हुनेछ ।

भवानी भिक्षुद्वारा लिखित उक्त कथा कक्षा १० को पाठ्यक्रममा समेत समावेश छ । २००६ सालमा देशमा राणाको शासन अन्त्य भएपश्चात सत्ता, शक्ति र सान गुमेका राणा नेतृत्वको मनमा बाँकी रहेको सत्ता र शक्तिको हुटहुटिलाई केन्द्रीय पात्र जेवी डिसीले नाटकमा उतार्नेछन । र, खोसिएको सत्ताको प्रतिविम्ब बन्नेछ माउजंग बाबुसाहेबको 'कोट' । कथाको नाट्य रुपान्तरण विजय विस्फोटले गरेका हुन् र निर्देशन पनि उनैले गर्नेछन ।

पछिल्लो समय चलचित्र क्षेत्रमा व्यस्त डिसीले तिन दर्जन भन्दा बढी नाटकमा अभिनय गरिसकेका छन् र केहि नाटकको निर्देशन समेत गरेका छन् । विगत २ दशक देखि नाट्य क्षेत्रमा समर्पित उनले अभिनय गरेका नाटकहरुमा दंगाली राजा, नाम नभएको मानिस, कंकाल, पत्थरको कथा, लडाई, जुनको उदय, शक्ति, जीवन दर्शन, मान्छे प्रतियोगिता, प्रयोगशालामा मान्छे, थ्याङ्क यु मिस्टर ग्ल्याड, बहुलाकाजिको सपना आदि रहेका छन् । त्यस्तै उनले अभिनय गरेका चलचित्रहरुमा बुह्रान, सिग्नेचर, लुकामारी, मन्दिरा, लोभी दुनियाँ आदि रहेका छन् भने घनचक्कर नामक चलचित्र पोष्ट प्रोडक्सनको क्रममा छ ।

Image may contain: 1 person, night and indoor




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


उपत्यकामा कोरोनाका संक्रमित बढे, अस्पतालका आइसियु प्याक

काठमाडौं - आइतबार मात्र देशभर ३ सय ३ जना कोरोना संक्रमित भेटिए। जसमध्ये आधा संक्रमित काठमाडौं उपत्यकामा पुष्टि भएका संक्रमितहरु हुन्। गत २४ घण्टामा काठमाडौंमा

सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिंदा चालकको मृत्यु, एक गम्भीर

काठमाडाैं - काठमाडौंबाट दोलखा जाँदै गरेको बसले सिन्धुपाल्चोकको सुकुटेमा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। खाडीचौरबाट काठमाडौं आउँदै गरेको मोटरसाइकललाई सुकुटेमा बसले ठक्कर

जनमत पार्टीको अध्यक्षमा सिके राउत

काठमाडौं - जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्वाचित भएका छन्। जनकपुरमा गत शनिबार सुरु भएको प्रथम महाधिवेशनले राउतलाई अध्यक्षमा निर्वाचित गरेको हो। अध्यक्षमा राउतको मात्रै

ट्राफिक प्रहरीले सुरु गर्‍यो कोरोनाविरूद्ध सावधानी अभियान

काठमाडौं- कोभिड-१९ (कोरोना) भाइरस संक्रमणको दोस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनचेतनामूलक अभियान सुरु गरेको छ। महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको

कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी निर्वाचनमा जानुपर्छ : कोइराला

कास्की - नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा‍ शेखर कोइरालाले बताएका छन्। नेपाल

मन्त्रिपरिषद बैठक बस्दै, सीसीएमसीको प्रस्तावमाथि छलफल हुने

काठमाडाैं - आज (सोमबार) मन्त्रिपरिषद्‍को नियमित बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ। आजको बैठकमा सीसीएमसीले

आन्तरिक उडानमा कोरोनाको असर न्यून

काठमाडाैं - अन्तरिक हवाई उडानमा कोरोनाको असर न्यून देखिएको छ। पछिल्लो महिनाको हवाई यात्रुको संख्या हेर्ने हो भने आन्तरिक उडान गर्दै आएका एयरलाइन्स कम्पनीले कोरोना