विश्वकप महाकुम्भमा 'यौन ब्यापार', विश्वभरबाट यौनकर्मी रसिया पुगे

2018-06-13

फुटबलको महाकुम्भ विश्वकप २०१८ बिहीबारदेखि सुरू हुँदैछ । विश्वकपको चर्चा भइरहँदा चर्चामा आउने अर्को कुरा हो यौन व्यापार । विश्वकप भइरहँदा पर्यटनसँगै यौन बजारपनि फस्टाएको हुन्छ । बन्देज आफ्नै ठाउँमा छ तर विश्वकपको अर्को महत्पूर्ण आकर्षण यौन पनि हो भन्दा फरक नपर्ला ।

विश्वकप हुने देशमा विश्वभरबाट यौनकर्मी पुग्ने गरेका छन् । यसको निरन्तरता रसियामा पनि देखिएको छ । किनकी रसियामा यौन कानूनतः खुल्ला जस्तै छ । विभिन्न प्रतिवेदनले रसिया विश्वकप २०१८ का लागि नाईजेरियाबाट मात्रै १ सय ७० मिलियन यौनकर्मी पुग्ने बताएको छ ।

रसियामा ५० डलर देखि ६ सय डलरसम्म तिरेर यौनकर्मी उपलब्ध हुने अनुसन्धानकर्ताको प्रतिवेदनमा छ । रसियामा १६ वर्ष माथि यौन कानूनी मानिन्छ, वेश्यावृती गैरकानूनी मानिँदैन । १९ औँ शताब्दिको अन्त्यबाट रसियामा वेश्यावृतिले कानुनत रुप प्राप्त गर्यो र यौनकर्मीको लागि “एल्लो टिकेट” परिचयपत्र प्रदान गरिएको थियो । प्रोफिलेक्टोरियमस्, मेडिकल ट्रिटमेन्टस आदि सन् १९२५ मा खुले, जसले अल्कोहलिक र यौन क्रियाकलापमा उपचार गर्ने उद्धेश्य राखेका थिए ।

भेनेजुयलाका प्रशिक्षकले खेलाडीलाई विथोल्न यौन व्यवसायी राखिने गरेको आरोप पनि लगाएका थिए । यसका अलवा नाइजेरियाका कोचले आफ्ना खेलाडीलाई विश्वकपभरी कुनै पनि युवतीसँग नजिकिनबाट रोक लगाउने बताएका थिए । तर, भर्खरैको अर्जेन्टिना खेलाडीको पार्टीलाई लिएर अनेक स्क्यान्डल निस्कने अनुमान विश्वका दर्शकले गरेपनि त्यस्तो सो टीम र प्रशिक्षकमा भने देखिएन । यो मुद्धाले माथिका कोचको निरंकुशता भन्न सम्म भ्याएका छन् खेलाडीले ।

यतिमात्रै होइन गत संस्करणको विश्वकप विजेता जर्मनीले पनि आफ्ना खेलाडीलाई विश्वकपको दौरान यौन सम्पर्क गर्न प्रतिबन्ध लगाएको छ । तर, रसियाले खेलाडी बस्ने होटलको कोठामा कण्डम राखिने बताएको छ । सन् २०१४ को विश्वकपमा ब्रजिलले १ मिलियन यौनकर्मीलाई आधिकारीक रुपमा विश्वकपभरी यौन व्यवसाय गर्न अनुमति दिएको थियो । विश्वकपमा कतिपय दर्शक यौनकै लागि आउने बताईन्छ ।

रसियाले एक कदम अगाडी बढ्दै सेक्स रोबोट होटल पनि सञ्चालन गरेको छ । मस्कोमा द डल्स होटलमा यौनकर्मी रोबट राखिएको छ । यौनकर्मी रोबटको लागि ग्राहकले प्रतिघण्टा ८० अमेरीकी डलर तिर्नुपर्ने बताईएको छ । होटलमा विभिन्न साईजका ५ वटा रोबट राखिएको समाचार एजेन्सीहरुले बताएका छन् । सन् २०१० मा अफ्रिकामा भएको विश्वकपमा ४० हजार यौनकर्मीलाई अनुमति दिइएको थियो । सो विश्वकपभरी ४ लाख भन्दा धेरै कण्डम बिक्री भएको बताईन्छ ।

यो वर्षको विश्वकपमा पनि लाखौँको संख्यामा यौनकर्मी रुस आउनेक्रम जारी रहेको बताईएको छ । विश्वकप हुने रसियाका ११ सहरमा कण्डम पसल र कण्डमका विज्ञापन प्रसस्तै खोलिएको छ । रसियाको आफ्नै उत्पादनले नपुग्ने अनुमान गर्दै अन्य देशबाट पनि कण्डम आयात गरिएको न्यूज एजेन्सीहरुले बताएका छन्। यसबाटपनि पुष्टि हुन्छ यौन पर्यटनमा पनि रसिया यसपटक गत्तिलो गन्तब्य बनेको छ ।

मेट्रो डट यूके न्यूज पोर्टलको लागि एडम स्मिथले लेखेका छन्— विश्वकपमा फुटबलप्रेमीहरु यौनकर्मीहरुसँग रमाइलो गर्न खोजेका छन् तर वेश्यावृतिको व्लाकमेल नहोस भन्नेमा रसियन जासुसहरुको कडा निगरानी छ ।’

रोवोटसँग खेल्ने र आनन्द लिनेले सोहिमा रमाउने तर प्रत्यक्ष भोग्नेको लागि सम्पर्कस्थल पनि टाढा छैनन् । दाशत्व विरुद्धका अभियानकर्ताहरु यौन व्यापार कानूनतः नभएपनि विश्वकपभरी महिला ल्याइएका छन् उनीहरु जे चाहन्छन् त्यो विरुद्धमा छ । जुलिया सिलुआनोभा, रसियन अभियानकर्ताले भनिन् ‘यो बेचविखनको समय हो, हामीले भर्खरै नाइजेरियाका ३० महिलाहरुलाई मस्कोबाट ल्याएका छौँ, उद्धार गरेर ।’ उनी भन्छिन्, यो विश्वकपमापनि यस्तै समस्या दोहोरिन सक्छ ।

रसियामा वेश्यावृतिमा कानूनतः मान्यता प्राप्त छैन । तर जरिवाना कम भएकै कारण महत्वपूर्ण समस्याको रुपमा देखिएको छ किनकी सयौँ वर्ष कानुन खुला थियो जतिवेला महत्वपूर्ण स्वास्थ्य स्याहार फाइदाका लागि आइडी कार्ड वितरण गरिएको थियो । जरिवानाको रुपमा १५ सयदेखि २ हजार रुबेल तिर्नुपर्ने प्रावधान छ ।

रसियन सरकारले दुइवर्ष अगाडि १ मिलियन सेक्स वर्कर रहेको बताएको थियो जसमा अधिक डाक्टरहरु रहेको बताइन्छ । त्यस्तै मौसमीपनि रहेको र यौन वस्तु तथा सेवाको रुपमा बेच्ने र किन्ने गर्छन् ।

६०० मिलियन भन्दा बढी अमेरिकी डलर खर्च हुने अनुमान गरिएको विश्वकप फुटबलले रसियाको अर्थतन्त्रमा ३० अर्ब डलरको योगदान हुने अनुमान गरिएको छ । २०१८ को विश्वकप १० लाख विदेशी नागरिक र ७० हजार रसियनले प्रत्यक्ष रंगशालामै गएर हेर्न सकिने बताईएको छ । आर्थिक क्षेत्रको हब हुने रसियामा अन्य व्यापरसँगै यौन बजारको पनि राम्रै व्यवसाय हुने दृश्यहरु सार्वजनिक भइरहेका छन् । एजेन्सी




थप समाचार


शहरबाट गाउँ फर्केर कृषि फार्म तथा अर्ग्यानिक होमस्टे संचालन

शहरबाट गाउँ फर्केर कृषि फार्म तथा अर्ग्यानिक होमस्टे संचालन

काठमाडौँ - शहरमा ब्यवसाय गर्दै आएका युवाले गाउँमा समेत नयाँ ब्यबसायको थालनी गरेका छन्। देशमा गाउँबाट सकेसम्म विदेश जाने नसके शहर भएपनि भासिने होडबाजी जस्तै ...

विश्वका घुम्नलायक उत्कृष्ट दश शहरमा काठमाडौँ पनि !

विश्वका घुम्नलायक उत्कृष्ट दश शहरमा काठमाडौँ पनि !

काठमाडौँ - नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत ...

चीनले थाल्यो सिगात्से-केरुङ रेलमार्ग निर्माण, केरुङ-काठमाडौँ कहिले ?

चीनले थाल्यो सिगात्से-केरुङ रेलमार्ग निर्माण, केरुङ-काठमाडौँ कहिले ?

काठमाडौं - छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ। रेलमार्गको दुरी ५४० किलोमिटर छ। जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग निर्माण कम्तीमा सात वर्षमा ...




ट्रेन्डिङ