अर्बौँ सम्पत्तिका मालिक किन चढ्छन सस्तो गाडी ? यस्ता छन् विश्वकै धनी बेजोसदेखि जुकरबर्गसम्मले चढ्ने कार !

2018-04-11

एजेन्सी - विश्वका धनाढ्यको सूचीमा रहेका यी बिजनेस टाइकूनसँग अर्बौँ डलर सम्पत्ति छ । तर, यिनीहरुले चढ्ने गाडीबारे जानकारी पाउँदा पक्कै सबैलाई छक्क लाग्ला । उनीहरु सस्तो कार चढ्न रुचाउँछन् । कतिपय ३५वर्ष मुनीकै छन्, जस्तै : फेसबुकका सिइओ मार्क जुकरबर्ग । फेसबुकका मालिक मार्क जुकरबर्गदेखि गुगलका फाउन्डर लारी पेजसम्मले दुनियाँले सोचेभन्दा सस्तो गाडी चढ्छन् :

जेफ बेजोस
अमेजनका मालिक तथा सिइओ हुन् जेफ बेजोस । उनले बर्षौंदेखि विश्वकै धनीको सूचीमा रहेका बिल गेट्सलाई केही समययता पछाडि पारिदिएका छन् । अर्थात् बेजोस विश्वकै धनी व्यक्ति हुन् । बेजोसको कूल सम्पत्ती ११७ अर्ब डलर छ । तर, उनी होन्डा अकोर्ड कार चढ्न रुचाउँछन् । उनको कारको मोडल १९९६ हो । अन्तर्राष्ट्रिय बजारमा कायम भएको यसको मूल्य हिसाब गर्दा नेपाली ७० लाख रुपैयाँबराबर मात्रै आउँछ । त्यसो त उनीसँग शेवरलेट ब्लजर कार पनि छ ।

मार्क जुकरबर्ग
फेसबुकका सिइओ मार्क जुकरबर्ग नचिन्ने को नै होला र ? उनको सम्पत्ति ४६ अर्ब डलरभन्दा बढी छ । उनी विश्वकै चौंथो धनी व्यक्ति हुन् । तर, आर्थिक हैसियतको दाँजोमा उनले चढ्ने गाडी निकै सस्तो छ । उनी पगानी हुयरा कार चढ्छन् । यो कारको मूल्य अन्तर्राष्ट्रिय बजारमा करिब १४ करोड नेपाली रुपैयाँबराबर पर्न आउँछ । त्यसो त उनीसँग अकुरा टिएसएक्स र भोल्क्सवागन गल्फ जिटी कार पनि छन् ।

स्टीव बाल्मर
स्टीव बाल्मर पनि विश्वका अर्बपतिको सूचीमा रहेका व्यक्ति हुन् । उनी लस एन्जिलस क्लीपर्सका लगानीकर्ता हुन् । उनको कूल सम्पत्ती ३६ अर्ब डलरभन्दा बढी छ । तर, उनी पनि सस्तो कार नै चढ्छन् । फोर्ड फ्युजन हाइब्रिड कार चलाउन मन पराउँछन् । अन्तर्राष्ट्रिय बजारमा पर्ने यो कारको मूल्यलाई नेपालीमा हिसाब गर्दा लगभग ४० लाख रुपैयाँ मात्रै पर्न आउँछ ।

डस्टिन मस्कोविट्ज
फेसबुकका सहायक–लगानीकर्ता डस्टिन मस्कोविट्ज भोल्क्सवागन आर ३२ कार चढ्न रुचाउँछन् । उनको कूल सम्पत्ति झण्डै १३ अर्ब डलर छ । तर, उनले चढ्ने कारको मूल्य भने अन्तर्राष्ट्रिय बजारमा नेपाली रुपैयाँ ५० लाख बराबर पर्छ ।

लरी पेज
गूगलका सहायक–लगानीकर्ता लरी पेजको मनपर्ने कार टेसला रोड्सटर हो । नेपाली रुपैयाँमा हिसाब गर्दा अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य एक करोडभन्दा बेसी पर्दैन । यो स्पोर्ट्स कार ब्याट्रीबाट चल्छ । लरीको सम्पत्ति भने ४८ अर्ब डलर छ । उनीसँग टोयोटा प्रिअस कार पनि छ ।

लरी एलिसन
लरी एलिसन अमेरिकाका चर्चित व्यवसायी हुन् । विश्वको टपटेन धनाढ्यको सूचीमा उनको नाम पर्छ । अरेकलका सिइओ लरीको कूल सम्पत्ति ५६ अर्ब डलर छ, तर पनि सस्तो कार चढ्छन् । उनले चढ्ने लेक्सस एलएफए कारको मूल्य नेपाली डेढ करोड रुपैयाँ मूल्यबराबर पर्न आउँछ । त्यसो त उनीसँग औडी आर ८, एमसी लरेन एफ १, अकुरा एनएसएक्सलगायत कार पनि छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ