नेपाल राष्ट्र बैंकको साढे ३ खर्ब रुपैयाँमा आगो

2018-04-07


काठमाडौं - राष्ट्र बैंकले अहिलेसम्म आफ्नो साढे ३ खर्बभन्दा बढी रुपैयाँबराबरका नोट जलाएको छ । ०७४ असार मसान्तसम्म ३ खर्ब ६१ अर्ब ४० करोड ५० लाख रुपैयाँ बराबरका नोट जलाएको हो । अघिल्लो आर्थिक वर्ष अर्थात् ०७३ असारदेखि ०७४ साउनसम्ममात्रै बिभिन्न दरका २५ अर्ब ७५ करोड ४२ लाख बराबरका नोटहरु जलाएको राष्ट्र बैंकको तथ्यांकमा छ ।

राष्ट्रबैंकले च्यतिएका तथा झुत्रा भएर चलन चल्तीमा ल्याउन अयोग्य नोटहरु जलाएको हो । बैंकिङ भाषामा यसलाई नोट धुल्याउने भनिन्छ ।

कसरी गरिन्छ नोट धुलाई ?
बैंकले झुत्रा नोटलाई खिच्ने, नष्ट गर्ने वा अन्य नोटसँग सटही गरिदिन सक्नेगरी ऐनको दफा ५७ मा व्यवस्था गरिएको छ । बैकले डिजाइन मेटिएको, च्यातिएको, विकृत वा ५० प्रतिशतभन्दा बढी भाग नभएको नोट सटही गर्न इन्कार गर्न सक्छ । राष्ट्रबैंक ऐनको दफा ६० अनुसार बैंकले नेपालभित्र चलनचल्तीमा रहेका नोट शोधभर्ना दिने गरी खिच्न वा फिर्ता लिन सक्छ । यसरी खिचेका नोट तथा त्रुटियुक्त मुद्रा तोकिएबमोजिम धुल्याउने हो । यस्ता नोट जम्मा गरेर तोकिएका कर्मचारीको रोहबरमा नष्ट गराइन्छ । पहिले नोटहरुमा प्वाल पारेर जलाउने गरिन्छ ।

कति हुन्छ नोटको सरदर आयु ?
एउटा नोटको सरदर आयु २ देखि ५ वर्षसम्म हुन्छ । सानाको भन्दा ठूला नोटको आयु केही बढी हुन्छ । साना मूल्यका नोटको आयू सरदर २ वर्ष र ठूला मूल्यका नोटको आयू सरदर ५ वर्ष हुन्छ ।

कुन नोट छाप्न कति खर्च लाग्छ ?
नेपाली नोटहरु चीन, जर्मनी, स्वीडेन, बेलायत, नेदरल्याण्ड, क्यानडा, फ्रान्स, रसिया, इन्डोनेसीया लगायतका मुलुकहरुमा छापिन्छन् । नोट छपाई खर्चालु हुन्छ । महंगो खर्चमा छापिएको नोट नष्ट गरेपछि सोही बराबरको नोट पुनः छाप्नु पर्छ । त्यसैले नोट नष्ट गर्दा राज्यलाई आर्थिक भारत स्वतः थपिन्छ । सन् २०१३ पछि राष्ट्र बैंकले सन् २०१६ मा मात्रै नयाँ नोट छापेको थियो ।

राष्ट्र बैंककाअनुसार सन् २०१३ मा भन्दा २०१६ मा एक हजार रुपैयाँको २० करोड थान नोट छाप्दा मात्रै ४० करोड ४० लाख रुपैयाँ सस्तो परेको थियो । २०१३ मा हजारको एउटा नोट छाप्न ३ रुपैयाँ ९२ पैसा खर्च भएकोमा २०१६ मा १ रुपैयाँ ९० पैसा मात्रै लागेको थियो ।

त्यसैगरी, सन् २०१६ मा राष्ट्र बैंकले पाँच सयका १८ करोड थान नोट छापेको थियो । एउटा नोट छाप्न २ रुपैयाँ ९२ पैसा खर्च भएको राष्ट्रबैंक बताउँछ । जब कि सन् २०१३ मा एउटा पाँच सयको नोट छाप्न ३ रुपैयाँ १३ पैसा खर्च भएको थियो ।

२०१६ मा एक सय रुपैयाँको एउटा नोट छाप्दा पनि २०१३ को भन्दा ४४ पैसा सस्तो परेको थियो । २०१६ मा एउटा एक सय रुपैयाँको नोट छाप्न २ रुपैयाँ १५ पैसा खर्च भएको थियो ।

५० रुपैयाँ दरको २४ करोड थान नोट छपाउँदा २०१३ मा एउटा नोटबराबर १ रुपैयाँ ४८ पैसा खर्च भएकोमा २०१६ मा १ रुपैयाँ ४८ पैसा मात्रै खर्च भयो ।

राष्ट्रबैंकका अनुसार २०१६ मा २० रुपैयाँ दरको २१ करोड थान नोट छपाउँदा एउटा नोट छाप्न १ रुपैयाँ ११ पैसा खर्च भयो । जबकि २०१३ मा सोही २० रुपैयाँका सोही परिमाणमा नोट छपाउँदा २ रुपैयाँ १ पैसा खर्च भएको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ