2024-06-23 |
यो वर्षको लाल-समुन्द्रा राष्ट्रीय बहु प्रतिभा पुरष्कारबाट क्पाप्टेन बिजय लामा सम्मानित भएका छन्। बहुप्रतिभा भएका ब्याक्तित्वहरुलाई सम्मान र नब युवाहरुलाई प्रोत्साहनको लागि विकाश घले गुरुङ्गले आफ्नो बाबु-आमाको स्मृतिमा यो पुरष्कार स्थापना गरेका हुन्।
केहि बर्ष यता शपरिवारका साथ अमेरिका बस्दै आई रहेका बहु प्रतिभाशाली ब्याक्तित्वका धनि लेखक-निर्देशक-सम्पादक साथमा नृत्य निर्देश, तेक्वनदो प्रशिक्षक बिकाश घले गुरुङले आफ्ना बाबुको पहिलो नाम (लाल)- आमाको पहिलो नाम (समुन्द्रा) बाट पुरस्कारको नाम जुराएका हुन् । बहुप्रतिभा भएका अग्रज ब्याक्तित्व हरुलाई सम्मान र नब युवा हरुलाई प्रोत्साहनको लागि यो पुरष्कार स्थापना गरिएको सम्झिदै गुरुङ भन्छन - ''सुरुमा क्षेत्रीय स्तरमा दिइने गरिएको यो पुरस्कार अहिले राष्ट्रिय स्तरको बनाईयो। ''
यो सम्मान तथा पुरष्कार हालसम्म कलाकार-लेखक-निर्देशक ओम प्रतिक गुरुङ, गितकार – संम्बिधान बिद्द भिमार्जुन रेग्मि, गाईका-नेत्री- पुर्व समाचारबाचिका- पुर्व राष्ट्रिय भलिबल खेलाडि कोमल वलि, अग्रज कलाकार-लेखक-निर्देशक- कुशल प्रशाशक निर शाह, जनप्रिय हास्य कलाकार – गायक- समाजसेवी महजोडी जस्ता ब्याक्तित्वहरुले ग्रहण गरिसकेका छन् ।
क्याप्टेन लामा अभिनित “गोर्खा वारियर” नामक चलचित्र यसै वर्ष प्रदर्शनमा आएको थियो ।
गत शुक्रवार बिश्व सङगीत दिवशका अवसर पारेर नेपाल सांगीतिक संघले काठमाडौँमा आयोजना गरेको एक सांगीतिक कार्यक्रममा ऊक्त सम्मान तथा रु २५०००/- सहितको पुरस्कार राशि लामालाई प्रदान गरियो ।
यो संगसंगै ''शिवशंकर मानन्धर राष्ट्रिय सांगीतिक सम्मान तथा पुरष्कार'' वरिष्ठ कलाकार-संगीतकार सि.के रसाईलि ज्यु लाई, ''रत्न शमशेर थापा राष्ट्रिय सांगीतिक सम्मान तथा पुरष्कार गीतकार-रचनाकार काली प्रसाद रिजाल ज्युलाई, ''प्रेमध्वज प्रधान राष्ट्रिय सांगीतिक सम्मान तथा पुरष्कार'' वरीष्ठ गायिका मीरा राणा ज्युलाई, ''पुष्प नेपाली राष्ट्रिय सांगीतिक सम्मान तथा पुरष्कार'' ओम बिक्रम बिष्ठ ज्यु लाई , ''फत्तेमान राजभण्डारी राष्ट्रिय युवा तथा सांगीतिक सम्मान तथा पुरष्कार'' राजेश पायल ज्यु लाई, ''शुभबहादुर सुनाम राष्ट्रिय सांगीतिक सम्मान तथा पुरष्कार'' बाध्यबादक देव राना ज्यु लाई, ''राजेश-लक्षमी नृत्य गुरु राष्ट्रिय सांगीतिक सम्मान तथा पुरष्कार'' बरिष्ठ नृत्य गुरु भैरब बहादुर थापा ज्यु लाई र ''नेपाल सांगितिक संघ राष्ट्रिय सांगीतिक सम्मान तथा पुरष्कार'' शुरेन्द्र श्रेष्ठ ज्युलाई प्रदान गरियो।
लाल-समुन्द्रा पुरस्कारको स्थापनाकर्ता गुरुङ
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...