सलमान खान : कैदी नम्बर १०६

2018-04-06

मुम्बई - कालो हरिण शिकारको अभियोगमा पाँच वर्ष जेल सजाय पाएका बलिउड नायक सलमान खानले पहिलो रात जेलमा बिताएका छन् । जोधपुर जेलमा राखिएका सलमान बनेका छन्, कैदी नम्बर १०६ ।

सलमानलाई जेलको दोस्रो खण्डमा राखिएको छ ।

सलमानले पाँच बर्षको जेल सजाय मात्र पाएका छैनन्, १० हजार जरिवाना पनि तिर्नुपर्ने भएको छ ।

अन्य आरोपी सेफ अलि खान, तब्बु, सोनाली बेन्द्रे र निलमलाई अदालतले सफाइ दिएको छ ।

जोधपुरका जुडिसियल मेजिस्ट्रेटमा सजायमाथि भएको बहसमा सरकारी वकिलले धेरै सजाय हुनुपर्ने माग गरेका थिए भने सलमानका वकिलले सबैभन्दा कम सजायको माग गरेका थिए ।

अदालतको फैसला सुन्ने वेलामा सबै आरोपी अदालतमा उपस्थित थिए । सलमान खान, सेफ अलि खान, तब्बु, सोनाली बेन्द्रे र नीलम अदालतमै थिए । सलमान खान मुम्बईवाट प्लेन चार्टर गरेर पुगेका थिए ।

यो घटना चलचित्र हम साथ साथ हैको सुटिङको क्रममा भएको थियो । सन १९९८मा सलमानले जोधपुरको कणकणी गाउँको भागोडाको ढाणीमा दुई कालो हरिण शिकार गरेका थिए ।

हरिण सिकारको दिन सबै कलाकार जिप्सी कारमा गएका थिए भने सलमानले सवारी चलाएका थिए । हरिण देख्ने बित्तिकै सलमानले गोली चलाएका थिए । सोही क्रममा दुई हरिण मरेका थिए । हरिण मारेको थाह पाएर स्थानीयले पिछा गरेपछि सलमानको समूह मृत हरिण छाडेर भागेको थियो ।

सजाय सुनाउँदै न्यायाधीशले भने– सलमान फिल्म स्टार हुन, उनलाई दुनियाँले हेरिरहेको हुन्छ

अदालतमा सुनुवाइका क्रममा न्यायाधीशले सलमानको वकिलले पेश गरेका प्रमाणलाई अयोग्य सावित गरिदिएका थिए । न्यायाधीशले सजाय सुनाउँदै भने, ‘सलमान फिल्म स्टार हुन, उनलाई दुनियाँले हेरिरहेको हुन्छ ।’

साथै न्यायाधीशले वन्यजन्तुको अवैध शिकार, अपराधको गम्भीरता, तथ्य र प्रमाण हेर्दै सलमानलाई छुट दिनु न्यायोचित नहुने धारणा राखे । ‘अदालत अभियुक्तका वकिलद्वारा पेश गरेको प्रमाणको सम्मान गर्छ तर, अदालतको आफ्नै मान्यता छ,’ उनले भने ।

अपराधको प्रकृति, विभिन्न तथ्य, सलमानविरुद्व लागेको आरोपले पनि सलमानले अपराध गरेको पुष्टि भएको उनले फैसला गरेका थिए ।

 

 

 

 

अनलाइनबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ