घोराहीमा एमालेका नरूलाल १८२८ मतले अगाडि

2022-05-16

घोराही उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार नरूलाल चौधरीले मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा यसअघिका मेयरसमेत रहेका चौधरीले १३००१ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड)ले १११७४ मत प्राप्त गरेका छन्। सुरूदेखि नै शर्माले चौधरीलाई लिड गर्दै आएको भए पनि पछिल्लो समय चौधरीले मतान्तर बढाउँदै लगेका छन्। उनीहरूको बीचको मतान्तर १८२८ रहेको छ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी हुमाकुमारी डिसीले १२५२२ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भुपबहाडुर डाँगीले १२४५० मत पाएका छन्। उनीहरू बीचको मतान्तर ७२ मात्रै हो। कांग्रेसका भुपबहादुरले एमालेकी हुमासँगको मतान्तर भने घटाउँदै लगेको देखिएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ