भरतपुर महानगरपालिकामा रेणु दाहालको अग्रता कायमै

2022-05-15

भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरको उम्मेदवार रहेकी रेनु दाहालले सर्वाधिक १२०८ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १०८७ मत पाएका छन् ।

यस्तै मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ खतिवडाले ४३० मत प्राप्त गरेका छन् । कुल ३३०५ मत गणना हुँदा काँग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले ४३० मत प्राप्त गरेका हुन् ।

यस्तै उपमेयरतर्फ काँग्रेसका चित्रसेन अधिकारीले १३३० मत पाउँदा राप्रपाकी हिमला गुरुङले ८७७ मत पाएकी छन् । यसैबीच भरतपुर महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ को आइतबार बिहान सम्पन्न मतगणनाअनुसार काँग्रेसका उम्मेदवार केशव महर्जन अध्यक्षमा विजयी भएका हुन् ।

महर्जनले १३९७ मत पाउँदा एमालेका शुक्र श्रेष्ठ ले १३१३ मत पाए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ