ओमानविरुद्ध ७ विकेटले विजयी, नेपाल चौथो स्थानमा

2021-09-20

काठमाडौं - सन्दीप लामिछाने र करण केसीको सानदार बलिङमा नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ओमानविरुद्ध ७ विकेटको जित निकालेको छ।

ओमानले दिएको १२१ रनको सामान्य लक्ष्य नेपालले १८.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो। यस जितसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट ब्याटिङ गरे। उनी ४६ बलमा ४ चौका र २ छक्कासहित ५२ रनमा अविजित रहे। ज्ञानेन्द्रको यो कीर्तिमानी अर्धशतक हो।

ज्ञानेन्द्र नेपालबाट ओडिआईमा चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्। ज्ञानेन्द्रपछि ओडिआईमा रोहित कुमार पौडेलले तीन अर्धशतक प्रहार गरेका छन्।

यता, आसिफ शेखले ४४ बलमा ७ चौकासहित ४० रन बनाए। यता, कुशल भुर्तेल र रोहित पौडेलले भने दोहोरो अंक छुन सकेनन्।

ओमानका नेस्टर धम्बाले ३ ओभरमा १ मेडनसहित २२ रन खर्चेर २ विकेट लिए। यता, कलिमुल्लाहले ४ ओभरमा २० रन खर्चिएर १ विकेट लिए।

त्यसअघि अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनायो।

‌ओमानका लागि जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए। उनले ६६ बलमा २ चौका र १ छक्का प्रहार गरे। कप्तान मकसुदबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालको घातक बलिङसामू ओमानका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए। सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४र४ रन जोडे। सुरज कुमार र नेस्टर धाम्बा खाता नखोल्दै पेभेलियन फर्किए।

कलिमुल्लाह ११ रनमा अविजित रहँदा बिलाल खानले ९ रन बनाए। नेपालका सन्दीपले ८.१ ओभरमा २ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिए। करणले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ४ विकेट लिए।

स्पिनर शरद भेषावकरले ६ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए।

विश्वकप लिग-२ अंक तालिका
नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ। यता, ओमान १३ खेलमा १० मा जित र ३ मा हारसहित २० अंकका साथ शीर्ष स्थानमा छ। अमेरिका १५ खेलमा ७ मा जित र ८ मा हारसहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ।

यस्तै, स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हारसहित ९ अंकका साथ तेस्रो स्थानमा छ। स्कटल्यान्ड र युएईको एक खेल रद्ध भएको थियो।

नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकसहित नेटरन रेटको आधारमा पाँचौं स्थानमा छ ।

यता, युएई ७ खेलमा समान ३ मा जित र ३ मा हारसहित ७ अंक जोड्दै छैटौं स्थानमा छ। स्कटल्यान्ड र युएईको एक खेल रद्ध भएको थियो।

पपुवा न्युगिनी ८ खेलमा नै हारका साथ अंकविहिन हुँदै पुछारमा छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ