चीनविरूद्ध अमेरिका, बेलायत र अष्ट्रेलियाले बनाए सैन्य गठबन्धन

2021-09-16

एजेन्सी - अमेरिका, बेलायत र अष्ट्रेलियाले नयाँ सैन्य गठबन्धन बनाएका छन्। बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनबीच भर्चुअल बैठक भएको थियो।

उक्त बैठकमा नेताहरूले एयुकेयुएस (तीनै देशका नामको छोटो रूप) गठबन्धन घोषणा गरेका हुन्। जसअनुसार अब अमेरिका र बेलायतले अष्ट्रेलियामा आणवीक (न्युक्लियर) शक्तिबाट चल्ने सामुद्रिक पनडुब्बी (सबमरिन) बनाउनेलगायत सुरक्षा क्षेत्रका प्रविधिमा सघाउने भएका छन्।

वर्षौंदेखि गठबन्धनमा रहेका यी तीन मुलुकको यो सहकार्य अर्को कदम भएको नेताहरूले बताएका छन्।

यसअघि न्युक्लियरबाट चल्ने सामुद्रिक पनडुब्बी भएका मुलुक संसारमा ६ वटामात्रै थिए। आगामी १८ महिनामा अष्ट्रेलियाले पनि त्यस्तो युद्धपोत बनाउने छ।

बाइडेन, जोन्सन र मोरिसनले बैठकका क्रममा चीनको नाम त लिएनन् तर उनीहरूले बनाएको नयाँ गठबन्धन चीनविरूद्ध लक्षित छ।

पछिल्लो समय चीनले ताइवानलाई दबाब बढाएको छ भने साउथ चाइना सीमा पनि आफ्नो उपस्थिति र दाबी आक्रामक रूपले अघि सारेको छ।

उक्त क्षेत्रमा चीनको प्रभावलाई रोक्न तीन देशले सैन्य गठबन्धन बनाएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

‘हामीले उक्त क्षेत्रको अहिलेको रणनीतिक वातावरण र यो कसरी अघि बढ्छ भन्ने दुबै कुरालाई सम्बोधन गर्न जरूरी छ किनभने हामी तीन मुलुक र समग्र विश्वकै भविष्य स्वतन्त्र र खुला इन्डो-प्यासेफिक क्षेत्रमा निर्भर छ,’ बाइडेनले भने।

पछिल्लो समय अमेरिकाले चीनविरूद्ध आफ्ना सहयात्रीहरूसँग गठबन्धन कसिलो बनाउँदै लगेको छ। हिन्द-प्रशान्त क्षेत्रमा चिनियाँ प्रभावलाई कम गर्न बनाइएको अर्को गठबन्धन क्वाडका नेताहरूलाई राष्ट्रपति बाइडेनले अर्को साता ह्वाइट हाउस बोलाएका छन्।

क्वाडमा अमेरिका, भारत, अष्ट्रेलिया र जापान छ।

पछिल्लो समय अष्ट्रेलिया र चीनको सम्बन्ध निकै तिक्ततापूर्ण बनेको छ। चार वर्षअघि अष्ट्रेलियाले चिनियाँ कम्पनी हुवावे फाइभजी प्रविधि आफूले प्रयोग नगर्ने बताएको थियो। केही समयअघि अष्ट्रेलियाले कोरोनाभाइरसको उत्पति चीनमा भएको हुन सक्ने भन्दै गहिरो अध्ययन गर्नुपर्ने बताएपछि चीन अष्ट्रेलियाप्रति आक्रोशित बनेको छ।

यही बेला अमेरिकाले आफ्नो पूरानो मित्र बेलायतलाई पनि साथमा लिएर अष्ट्रेलियालाई बलियो बनाउन खोजेको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ