साढे ७ करोड राजस्व छली गरेको अभियोगमा मोबाइल व्यवसायी विरुद्ध मुद्दा

2021-08-03

काठमाडौं - मोबाइलजन्य वस्तुको अवैध कारोबार गरी राजस्व छली गर्ने एक जना व्यवसायीविरुद्ध मुद्दा दर्ता भएको छ। राजस्व अनुसन्धान विभागले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-९ स्थायीवासी एभरेष्ट मोबाइल सेन्टरका प्रोपराइटर विष्णु ज्ञवालीविरुद्ध सोमबार उच्च अदालत तुल्सीपुर बुटवलमा मुद्दा दर्ता गरेको हो। ज्ञवालीविरुद्धको मुद्दामा सात करोड ३७ लाख ७५ हजार ५७६ हजार रुपैयाँ विगो कायम गरिएको छ।

विभागले उनको मोबाइल पसमा रहेका मोबाइलजन्य मालवस्तुको भौतिक गणना गर्दा देखिएको मौज्दात र बिक्रीको विवरण फरक देखिएको, निजले पेस गरेको वित्तीय विवरण र आय विवरणमा बिक्री आय लुकाएको, मालवस्तु विक्री गर्दा बिल विजक जारी नगरी न्यून मौज्दात देखाएको र भन्सार चोरी पैठारी गरी मालवस्तुको अधिक मौज्दात देखाइ अवैध (लुज) बिल विजकबाट मालवस्तु खरिद र बिक्री गरी वास्तविक बिक्री आय लुकाएको, बिल विजक जारी नगरी मालवस्तु बिक्री गरिएको तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको पाइएको जानकारी दिएको छ।

विभागले दर्ता गरेको मुद्दामा ज्ञवालीबाट विगो बराबरको सात करोड ३७ लाख ७५ हजार ५७६ हजार रुपैयाँ र सोही बराबरको जरिवाना असुली तथा कैद सजाय माग गरिएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ