विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने तयारी

2021-08-03

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री देउवाले उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री पम्फा भुसाललाई बोलाएर कुलमानलाई प्राधिकरण प्रमुखमा नियुक्त गर्न निर्देशन दिएका हुन्।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाको निर्देशनपछि कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने 'प्रक्रिया' समेत सुरु भइसकेको छ।

प्रधानमन्त्रीको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर पदबाट राजीनामा दिन भनेकी छन्।

शाक्यले प्राधिकरण प्रमुखको जिम्मेवारी सम्हालेयता प्राधिकरणको नाफा घटेको, अनधिकृत रुपमा विद्युत् कटौती हुने क्रम र विद्युत् चुहावट बढेको भन्दै प्रधानमन्त्री देउवाले कुलमानलाई नै प्राधिकरणको नेतृत्वमा ल्याउन भनेका हुन्।

घिसिङले यसअघि पनि ४ वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए। दैनिक १८ घण्टासम्म हुने विद्युत् कटौती (लोडसेडिङ) अन्त गरेका कुलमानले प्राधिकरणको व्यवस्थापनमा पनि 'उल्लेख्य' सुधार गरेका थिए।

घिसिङको कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियो। त्यतिबेला पनि घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गरिनुपर्ने आवाज उठेपनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसमा 'रुची' देखाएका थिएनन्।

घिसिङको कार्यकाल सकिएको झण्डै ५ महिनापछि २७ माघ २०७७ मा सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


ट्रायलमा आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था किन रोकियो ?

काठमाडौं - सरकारले उपभोक्ताको सजिलोका लागि गरिएको निर्णय सर्वोच्च अदालतको आदेशले रोकिएको स्पष्टीकरण दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सवारीचालक अनुमतिपत्र र

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। आइतबार आएको पीसीआर रिपोर्ट अनुसार आफूलाई कोरोना संक्रमण खड्काले बताएका छन्। असोज ८ गतेदेखि ज्वरो, खोकी

ओलीको दावी : ''सत्तामा हुँदा असाधारण काम गरेका छौं''

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सत्तापक्षमा हुँदा असाधारण काम गरेको बताएका छन्। केन्द्रीय कमिटीको जारी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका

अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनमा सहमति

काठमाडौं - सत्ता साझेदार दलहरूबीच राजनीतिक दलसम्बन्धी अध्यादेश एक/दुई दिनमै फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा

८३४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको आठ

इजरायलमा केयरगिभरका लागि १६०० जनाको नाम सिफारिस

काठमाडौँ - वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’ का लागि एक हजार छ सय परीक्षार्थी सिफारिस गरेको छ। भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य

एक अर्ब ३३ लाख हिनामिना अभियोग लागेका २ जना अदालतमा हाजिर

काठमाडौं - कर फर्स्योट आयोगको ‘अनियमितता’ प्रकरणमा मुछिएका तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल विशेष अदालत हाजिर भएका छन्। तीन जनाविरुद्ध एक

एमाले केन्द्रीय कमिटी बैठकको बिचबाटै बाहिरिए भीम रावल

काठमाडौं - नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्न भएको दश बुँदे सहमति कार्यान्वयनमा नेतृत्व गम्भीर नभएपछि माधव नेपाल छोडेर एमालेमै रहेका नेताहरू असन्तुष्ट छन्। अझ विशेषगरि