दार्चुला हत्याकाण्ड : दोषीलाई कारबाही गर्न MCC खारेज अभियानको माग

2021-08-02

काठमाडौँ - यही २०७८ साउन १५ गते शुक्रवारका दिन नेपालको सुदूरपश्चिम प्रदेस अन्तर्गतको उत्तरी जिल्ला दार्चुलाको व्यास गाउँपालिका निवासी ३५ वर्षीय युवा जयसिंह धामी महाकाली नदीको पूर्वी किनाराबाट पश्चिम किनारातर्फ तुइनबाट महाकाली नदी तरिरहेकै अवस्थामा भारतीय सीमा-सुरक्षाबलका जवानले देखादेखी र जानाजानी ज्यानमार्ने उद्देश्यले नै तुइनको लठ्ठा काटिदिएर नेपाली नागरिक जयसिंह धामीलाई महाकाली नदीको उर्लँदो भेलमा खसालेर गरेको हत्याले सारा नेपालीलाई स्तब्ध, दुःखित, अपमानित र आक्रोशित बनाएको छ । हामी भारतीय सीमा-सुरक्षाबलका जवानहरुद्वारा गरिएको जयसिं धामीको उक्त आपत्तिजनक हत्याको घोर निन्दा-भत्सर्ना गर्दै जयसिंह धामीप्रत्ति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौं र उहाँका शोकाकूल परिवारजनहरुमा गहिरो समवेदना प्रकट गर्दछौँ ।

नेपाल-भारतबीचको खुलासीमा र सीमाक्षेत्रमा नेपाल र भारतका नागरिकहरु खुला र बेरोकटोक रुपमा आवत-जावत गर्न पाउने अधिकारको व्यवस्था सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिमा विद्यमान रहेकै अवस्थामा नेपाल-भारतको बिचमा पारस्परिक सम्मान र समानताको आधारमा सो अधिकारको निर्वाध उपभोग गर्न दिने-पाउने व्यवहार हुनुपर्ने हो, तर भारतीय प्रभुत्ववादी शासकवर्गका मतियारहरुले नेपाली नागरिकको उक्त अधिकारलाई हनन मात्र होइन, सन् १९५० को सन्धिको समेत उल्लङ्घन गरेका छन् । यसअघि पनि भारतीय दमनकारी शासकहरुले अनगिन्ती पटक थुप्रै सीमा-नाकाहरुमा सीमा वारपार गर्ने लाखौं नेपालीहरूलाई लुट्ने, कुट्ने, हेप्ने, चेप्ने, मालसामान फालिदिने, धम्काउने, पैसा माग्ने र नदिएमा धरपकड गर्ने, थुनछेक गर्ने र ज्यान समेत लिने हर्कतहरु निरन्तर दोहोर्‍याउँदै आइरहेको सन्दर्भमा भएको यो पछिल्लो घटना अत्यन्त अमानवीय, क्रूर, पाशविक र आपराधिक कुकृत्य भएको छ । पछिल्लो यो अति निन्दनीय र भर्त्सनायोग्य कुकृत्य पनि भारतीय पक्षका विगतका हेपाहा र दमनकारी अपराधहरुकै निरन्तरताको एक कडी हो । यसले स्वाभिमानी नेपालीहरूको एकातिर शिर निहुराइदिएको छ भने अर्कातिर भारतीय विस्तारवादी शासकवर्गप्रतिको घृणा र आक्रोशलाई चुल्याइदिएको छ । हामी यस घटनाको कडा शब्दमा निन्दा-भर्त्सना र घोर विरोध गर्दै यस आपराधिक घटनामा भारत सरकारलाई माफी मगाउन, घटनाका दोषीलाई तत्काल कडाभन्दा कडा कारबाही गराउन र मृतक धामीलाई सहिद घोषणा गर्न र उहाँको परिवारलाई उचित क्षतिपूर्ति दिलाउन अविलम्ब प्रभावकारी कदम चालोस् भन्ने नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ ।

यथार्थमा आज सन् १९५० को सन्धी खारेज गरी नेपाल-भारतबीचको सीमानाको नियमनस्वरुप काँडेतार, पासपोर्ट सिस्टम र वर्क पर्मिटजस्ता प्रावधानहरु लागू गर्न-गराउनको लागि विगत लामो समयदेखि सचेत, स्वाभिमानी र न्यायप्रेमी देशभक्त नेपालीहरुको तर्फबाट उठिरहेका आवाज र भैरहेका संघर्षको औचित्य पुष्टि भएको ठहर गर्दै सो कुराको सरकारसमक्ष जानकारी समेत गराउन चाहन्छौं । यो स्थितिमा भारतीय तर्फबाट व्यवहारत: निकम्मा साबित गरिरहिएको १९५० को सो सन्धी तत्काल खारेज गरेर द्विपक्षीय समानता, सम्मान र स्वाभिमानको सुनिस्चितता हुने गरी नयाँ सन्धी गर्न नेपाल सरकार र भारत सरकार दुवैलाई चुनौती दिन चाहन्छौं ।

नारायण शर्मा
संयोजक
MCC खारेज अभियान, २०७६, नेपाल ।
१७ श्रावण २०७८.




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ। आइतबार आएको पीसीआर रिपोर्ट अनुसार आफूलाई कोरोना संक्रमण खड्काले बताएका छन्। असोज ८ गतेदेखि ज्वरो, खोकी

ओलीको दावी : ''सत्तामा हुँदा असाधारण काम गरेका छौं''

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सत्तापक्षमा हुँदा असाधारण काम गरेको बताएका छन्। केन्द्रीय कमिटीको जारी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका

८३४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको आठ

ट्रायलमा आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था किन रोकियो ?

काठमाडौं - सरकारले उपभोक्ताको सजिलोका लागि गरिएको निर्णय सर्वोच्च अदालतको आदेशले रोकिएको स्पष्टीकरण दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सवारीचालक अनुमतिपत्र र

इजरायलमा केयरगिभरका लागि १६०० जनाको नाम सिफारिस

काठमाडौँ - वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’ का लागि एक हजार छ सय परीक्षार्थी सिफारिस गरेको छ। भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य

एक अर्ब ३३ लाख हिनामिना अभियोग लागेका २ जना अदालतमा हाजिर

काठमाडौं - कर फर्स्योट आयोगको ‘अनियमितता’ प्रकरणमा मुछिएका तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल विशेष अदालत हाजिर भएका छन्। तीन जनाविरुद्ध एक

अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनमा सहमति

काठमाडौं - सत्ता साझेदार दलहरूबीच राजनीतिक दलसम्बन्धी अध्यादेश एक/दुई दिनमै फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा

एमाले केन्द्रीय कमिटी बैठकको बिचबाटै बाहिरिए भीम रावल

काठमाडौं - नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्न भएको दश बुँदे सहमति कार्यान्वयनमा नेतृत्व गम्भीर नभएपछि माधव नेपाल छोडेर एमालेमै रहेका नेताहरू असन्तुष्ट छन्। अझ विशेषगरि