कक्षा १२ को परीक्षा साउनको अन्तिम साताबाट गर्ने तयारी

2021-07-20

काठमाडौं - कोरोना भाइरस संक्रमण (कोभिड-१९) कारण स्थगित कक्षा १२ को अन्तिम परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ। विद्यार्थीको भौतिक उपस्थितिमै विगतमा जस्तै एक सय पूर्णांकको लिखित परीक्षा लिइने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गर्न अनुमति दिएकाले साउनको अन्तिमबाट परीक्षा सुरु गर्ने योजना रहेको बोर्डको भनाइ छ।

यसअघि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न (सीसीएमसी)सँग अनुमति मागेको थियो। अब छिट्टै बोर्डको बैठक बसेर परीक्षा कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ।

यसैबीच बोर्डले यसपटक एक सय पूर्णांककै परीक्षा सञ्चालन गर्ने भएको छ। गत वर्ष कोरोना भाइरसका कारण कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीको जम्मा ४० पूर्णांकको परीक्षा लिइएको थियो । बोर्डको यस खालको तयारीपछि अब कक्षा १२ का विद्यार्थीले तीन घण्टाकै परीक्षा दिनुपर्नेछ।

कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थी उच्च शिक्षामा प्रवेश गर्ने र विदेशी विश्वविद्यालयमा अध्ययनका लागि समेत जाने हुँदा गुणस्तरमा कमी गर्न नहुने भएकाले लिखित परीक्षा नै लिने निचोडमा बोर्ड पुगेको हो।

कोरोना संक्रमण कायमै रहेको अवस्थामा विद्यार्थीलाई सामाजिक दूरी कायम गराउने तथा स्वास्थ्य मापदण्डको समेत पालना गरेर परीक्षा लिने योजना रहेको छ। विद्यार्थीको अर्को विद्यालयमा परीक्षा लिन जान अझै सम्भव नदेखिएकाले होम सेन्टर हुन सक्ने सम्भावना रहेको छ ।

कोरोना सङ्क्रमण बढेपछि गत जेठ २६ गतेबाट सुरु गर्ने योजना रहेको कक्षा १२ को अन्तिम वार्षिक परीक्षा सरकारले रोक्ने निर्णय गरेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ