लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

2021-06-13

काठमाडौं- लुम्बिनी प्रदेश सभामा सरकारले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको छ। प्रदेश सरकारले गत मंगलबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गरे।

आइतबार नीति तथा कार्यक्रममाथि उठेका जिज्ञासामाथि मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएपछि सदनमा सभामुखले नीति, कार्यक्रम पारित गर्ने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए। प्रदेश प्रमुख धर्मनाथ यादवद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गरियोस् भनि मुख्यमन्त्रीले प्रस्ताव पेश गरेका थिए।

सो प्रस्ताव बहुमतले पारित भएको सभामुखले घोषणा गरेका हुन्। विपक्षी दलहरु नीति तथा कार्यक्रम असफल बनाउने रणनीतिमा रहेपनि सरकारको नीति तथा कार्यक्रम भने पास भएको छ। बैठक अब असार १ गते बस्नेछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ