जनमत पार्टीको अध्यक्षमा सिके राउत

2021-04-12

काठमाडौं - जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्वाचित भएका छन्। जनकपुरमा गत शनिबार सुरु भएको प्रथम महाधिवेशनले राउतलाई अध्यक्षमा निर्वाचित गरेको हो। अध्यक्षमा राउतको मात्रै उम्मेदवारी परेको थियो।

तैपनि मतदान गरिएको थियो। ४ हजार ५ सय प्रतिनिधिहरुले मत खसालेकोमा राउतले २३०२ मत पाएका थिए। उनी यसअघि पनि सो पार्टीका अध्यक्ष थिए।

त्यस्तै, बढीमा सात जना निर्वाचित हुनसक्ने उपाध्यक्ष पदमा चार जनाले मात्रै उम्मेदवारी दिएका थिए। जसमा, मो. अब्दुल खान, बसन्त कुमार कुशवाहा, दीपककुमार साह र नरेन्द्र प्रसाद चौधरी निर्वाचित भएका छन्।

महासचिवमा चन्दनकुमार सिंह निर्वाचित भएका छन्। सो पदमा उनको मात्रै उम्मेदवारी परेको थियो।

त्यस्तै, खुला केन्द्रीय सदस्यमा २३ जना निर्वाचित भएका छन्। गैरआवासीय मधेसी संघतर्फका ४ सिटमा कसैको उम्मेदवारी परेको थिएन। १५ जना महिला केन्द्रीय सदस्यमा जम्मा ८ जनाको उम्मेदवारी परेको थियो।

केही वर्ष स्वतन्त्र मधेसको अभियान चलाएका राउतले २०७५ फागुन २४ मा ११ बुँदे सहमति भएको थियो। त्यसपछि उनले मूलधारको राजनीति गर्दै चुनावी प्रतिस्पर्धाको बाटो अपनाएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ