उपत्यकामा कोरोनाका संक्रमित बढे, अस्पतालका आइसियु प्याक

2021-04-12

काठमाडौं - आइतबार मात्र देशभर ३ सय ३ जना कोरोना संक्रमित भेटिए। जसमध्ये आधा संक्रमित काठमाडौं उपत्यकामा पुष्टि भएका संक्रमितहरु हुन्। गत २४ घण्टामा काठमाडौंमा १ सय २८, ललितपुरमा १५ र भक्तपुरमा ११ गरी १ सय ५४ जनामा संक्रमण पुष्टि भयो।

यो सँगै नेपालमा हाल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार नाघेको छ। कुनै बेला एक सय तल झरेको संक्रमितको संख्या दैनिक उकालो लाग्दैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक नियाल्ने हो भने दैनिक ३ सयको हाराहारीमा संक्रमित भेटिन थालेका छन्। जसमध्ये आधाजति संख्या त काठमाडौं उपत्यकामै हुने गरेको छ। चैत २३ गतेदेखि कोरोना संक्रमितको संख्या २ सय माथि नाघेको देखिन्छ। चैत २६ बाट बढ्दै संक्रमितको संख्या ३ सय माथि पुगेको छ।

यसले पनि काठमाडौं उपत्यकामा पुनः कोरोनाको जोखिम र संक्रमितको संख्या बढ्दै गएको पुष्टि गर्छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा रहेका अस्पतालको शय्या पनि भरिँदै गएका छन्।

देशभर हाल ८९ जना संक्रमित आइसियु र १५ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। यहाँ मात्र ५२ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्यांक छ।

प्रदेश १ मा १ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैन। प्रदेश २ र गण्डकी प्रदेशमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्। लुम्बिनीमा ३४ र कर्णालीमा १ जना संक्रमित आइसियुमा छन्। सुदूरपश्चिम प्रदेशमा १/१ जना संक्रमित आइसियु र भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। यी सात वटै प्रदेशमा गरी १ हजार १ सय ५८ आइसियु शय्या र ४ सय ७६ भेन्टिलेटर छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेल हाल आइसियुमा भर्ना हुने बिरामीको संख्या बढ्दै गएको बताउँछन्। विशेषगरी काठमाडौं उपत्यकाका अस्पतालहरुमा आइसियुमा भर्ना हुने दर बढ्दै गएको उनले बताए।

उनले भने, ‘अहिले कोरोना संक्रमितको संख्या बढ्दो छ। अनि सिकिस्त भएर आइसियुमा भर्ना हुने संक्रमितको संख्या पनि बढ्दो छ। विशेषगरी काठमाडौंका अस्पतालहरुमा यो क्रम बढी देखिन्छ।’

कोरोनाको फैलावट रोक्न विद्यालय, सार्वजनिक यातायात र सार्वजनिक क्षेत्रमा बढी ध्यान दिनुपर्ने उनले बताए। धेरै भीडभाड हुने यी क्षेत्रमा केही व्यवस्था गर्नुपर्ने भएकाले कोभिड १९ व्यवस्थापन केन्द्र सिसिएमसी को आगामी बैठकमा छलफल हुने उनले बताए।

देशभर दैनिक पुष्टि हुने गरेका कोरोना संक्रमितको आधाजति संख्या काठमाडौं उपत्यकामै हुने गरेको छ। काठमाडौं उपत्यकामा हाल ३८ जना आइसियु र ११ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ। काठमाडौं उपत्यकास्थित कोरोना उपचार हुने आठ वटा अस्पतालको तथ्यांक अनुसार हाल ९४ जना संक्रमित आइसोलेसनमा छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ