स्वास्थ्य मापदण्ड कडाईका साथ पालना नगरे लकडाउन : सीसीएमसी

2021-04-11

काठमाडौं - कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले स्वास्थ्य मापदण्ड पालना नभएको निष्कर्ष निकालेको छ। शनिबार बसेको सीसीएमसीको बैठकले नेपालमा कोरोनाको दोस्रो लहर प्रवेश गरेपनि स्वास्थ्य मापदण्ड पालना हुन नसकेको निष्कर्ष निकालेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सीसीएमसीको बैठकमा मन्त्रीहरूले यस्तो धारणा राखेका हुन्। कोरोना संक्रमण भित्रभित्रै धेरै बढिसके पनि स्वास्थ्य मापदण्ड कडाईका साथ पालना हुन नसकेको विषयमा चिन्ता व्यक्त गरे।

कोरोना संक्रमण उच्च रूपमा बढ्ने देखिएपछि सीसीएमसीका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले शनिबार सबै सरोकारवाला मन्त्रीहरूलाई बोलाएर सिंहदरबारमा छलफल गरेका हुन्। बैठकमा उपप्रधानमन्त्री पोखरेलसहित गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री हृदेश त्रिपाठी, पर्यटन मन्त्री भानुभक्त ढकाल लगायत मन्त्रीहरू सहभागी भई छलफल गरेका हुन्।

‘हामीले आफ्नो तर्फबाट नेपाललगायत छिमेकी देशसहित अन्य देशमा भइरहेको कोरोना संक्रमणको अवस्था कस्तो छ? कसरी नियन्त्रण गरेका छन् ? भन्ने विषयमा ब्रिफिङ गर्‍यौं’, सीसीएमसीका सचिव खगराज बरालले भने, ‘नेपालमा कोराना संक्रमण कम गर्न पहिलो चरणमा के के काम गर्न सकिन्छ? दोस्रो चरणमा पुगेपछि राज्य र नागरिकले गर्नुपर्ने दायित्व के के हुन्? भन्ने विषयमा मसिनोगरी आफ्नो कुरा राख्याैं।’

सीसीएमसीले कुनै निर्णय गर्ने भन्दापनि कोरोना संक्रमणको पछिल्लो अवस्थाको विषयमा ब्रिफिङ मात्रै गरेको बरालले बताए। तर, बैठकमा विभिन्न कोणमा छलफल भएपनि कुनै निर्णय नभएको उनले बताए।

सीसीएमसीले आफ्नो तर्फबाट कुरा राखेपछि सबै मन्त्रीहरूले आ-आफ्नो धारणा राखेका थिए। पहिलो चरणमा शहरी क्षेत्रमा भीडभाड कम गर्नुका साथै स्वास्थ्यको मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने मन्त्रीहरूले सुझाव दिए। सीमा आवातजावत कडाइ गर्नुका साथै स्वास्थ्य चेक जाँचको व्यवस्था गर्नुपर्ने धारणा राखेका हुन्।

लकडाउन गर्ने, शैक्षिक संस्था, फिल्म हललगायत बन्द गर्ने विषयलाई दाेस्रो विकल्पका रूपमा राखिएको उनले बताए। सीसीएमसी संयोजक पोखरेल हुन् भने सदस्यमा अरु १० सदस्यमा मन्त्री र सचिव रहेका छन्। जसमा गृह, परराष्ट्र, शिक्षा, कृषि, स्वास्थ्य,उद्योग, पर्यटन,अर्थमन्त्री सदस्य हुने व्यवस्था छ। मुख्यसचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य हुने व्यवस्था छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ