आउने चुनावमा ओली चौंथो नम्बरमा : प्रचण्ड

2021-04-10

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा चौथो नम्बरमा पुग्‍ने पालो केपी शर्मा ओलीको भएको बताएका छन्। शनिबार माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले विभिन्‍न पार्टीहरुबीच मोर्चा बन्‍ने बताए।

'मोर्चा त बन्छ, बन्छ र बनाउनैपर्छ भन्‍ने लागेको छ। हामीहरु र नेकपा एमालेभित्रको एउटा पक्षसँग मोर्चा त बनिरहेकै छ। जसपाका नेताहरुसँग हाम्रो 'वेभ लेन्थ' धेरै नै मिल्छ। उहिल्यैदेखि मिल्दै आएको हो। त्यहाँ पनि मोर्चा बन्‍न सक्छ। नेपाली कांग्रेससँग कम्तीमा सरकारमा सँगै र चुनावमा पनि तालमेल भयो भने त्यो पनि ठूलो कुरा हुन्छ,' प्रचण्डले भने, 'अहिले मोहन विक्रम र वैद्यजीहरुसँग एकता तुरुन्तै भइहाल्छ भनेर धेरै लोभ गर्न हुँदैन। तर मोर्चाचाहिँ बन्छ। मोर्चा बन्यो भने अहिले पत्रकार महासंघको चुनावमा मोर्चा बनाएर हामीले देशैभरि मूलभूत रुपमा जितियो, ओलीलाई चौथो नम्बरमा पुर्‍याइएको छ। आउने चुनावमा हामीले राम्रोसँग मोर्चा बनायौं, इमानदार भयौं र मेहनत गर्‍याैं भने चौथो नम्बरमा पुग्‍ने पालो केपीको हो। त्यसपछि उनको विघटन सुरु हुन्छ।'

उनले आफूहरुले फेरि पनि कम्युनिस्ट आन्दोलनको एकताको झन्डा उठाइराख्नुपर्ने बताए। नेपालमा कम्युनिस्ट आन्दोलन आवश्यक रहेको, समाजवाद निर्माणका निम्ति विशाल कम्युनिस्ट समर्थक जनतालाई एकताबद्ध गर्न आवश्यक भएको र अप्राकृतिक ढंगले विभाजित गरिएको पार्टीलाई पुनर्मिलन गराउन जरुरी भएको उनले बताए।

प्रचण्डले नेकपमा माधव नेपाल पक्षसँग लभ पर्दापर्दै अदालतले छुट्याइदिएको बताए। 'हाम्रो बडो लभ परिरहेको थियो। लभ परेको श्रीमान् श्रीमतीलाई अदालतले जबर्जस्ती डिभोर्स गरिदिन पाइन्छ? लभ परिरहेकालाई डिभोर्स गरिदिन त प्राकृतिक रुपले पनि अन्याय भयो। कतैबाट पनि मिल्ने कुरा हो त? अहिले दुलाहदुलही दुवै रुँदैरुँदै आ-आफ्नै घरमा गए। त्यसैले मैले यसलाई अप्राकृतिक र अस्वभाविक अनैतिक गलत सेटिङमा भयो भनेको हुँ,' उनले भने, 'त्यहाँ हाम्रो के गल्ती भयो त? लभ गर्नु गलत हो त? त्यस्तो होइन। हामीले लभ गरेर ठीकै गरेका थियौं। मिलाएरै लगेका थियौं।'

उनले शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको तीन पार्टीबीचको छलफलमा कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन प्रस्ताव राखेको बताए। जसपाले प्रस्ताव राख्नु ठीक भएकोले आफूहरुले सल्लाह गरेर एक/दुई दिनमा टुंग्याउँछौं भनेको उनले बताए। 'मलाई लाग्छ केही दिनभित्रमा नयाँ सरकार गठन हुन्छ र हुनैपर्छ,' उनले भने।

प्रचण्डले प्रतिनिधिसभा विघटन ओलीको बुद्धि र बर्कतले मात्रै नगरेको बताए। आफूहरुले १९ पृष्ठको प्रस्ताव ल्याएर ओलीमाथि प्रहार गरेको र उनले आफूमाथि प्रहार भएको र ध्वस्त पार्ने कोशिस भयो भनेर बुझेको प्रचण्डले बताए। 'प्रधानमन्त्री त उनी थिए। राष्ट्रपति त उनले जे भन्यो, त्यही गर्ने नै हुनुहुन्छ। अनि उनले पनि अन्तिम अस्त्र प्रयोग गरे। त्यो अस्त्र थियो- प्रतिनिधिसभा विघटन, जे-जे पर्छ, पर्छ। प्रधानमन्त्री, राष्ट्रपति, भित्र बाहिर केके-केकेको सेटिङमा गरिएको हो त्यो। केपीले मात्रै आफ्नो बुद्धि र बर्कतले गरेको होइन,' प्रचण्डले भने।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ