देशमा समृद्धि ल्याउने सारथी भनेको निजी क्षेत्र हो : प्रधानमन्त्री

2021-04-10

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीलाई ढुक्क भएर काम गर्न आग्रह गरको छन्। व्यवसायीको पछाडि सिंगो सरकार र आफ्नो साथ रहेको भन्दै ढुक्क भएर काम गर्न आग्रह गरेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं साधरण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओली सरकारको लक्ष्य विकासभन्दा अरु कुनै स्वार्थ नभएको बताए। ‘सरकार पनि मुलुकको आर्थिक विकासमा केन्द्रीत छ,’ उनले भने,‘ सरकारको विकास बाहेक अर्को कुनै स्वार्थ छैन।’

५५ औं साधरण सभाको कार्यक्रबाटै महासंघले ‘१० वर्षे भिजन पेपर’ पनि सार्वजनिक गरेको छ। महासंघले अगाडि सारेको भिजन पेपरको कार्यान्वयनमा सरकार पूर्ण प्रतिवद्ध रहेको उनले बताए।

‘सन् २०३० सम्म दिगो आर्थिक विकासको लक्ष्य पुरा गर्न र सरकारले अगाडि सारेका लक्ष्यलाई पुरा गर्न महासंघको भिजन पेपरले पनि निकै ठूलो सहयोग गर्छ,’ उनले भने,‘सरकार व्यापार घाटा घटाउन, निर्यात प्रवद्र्धन गर्न स्वदेशी उद्योगको प्रवद्र्धनमा केन्द्रीत छ। सरकार र निजी क्षेत्रको सहयोग बिना यो सम्भव छैन।’

उनले व्यापारीलाई सहयोग गर्न सरकार तयार रहेकाे समेत स्पष्ट पारे। ‘समृद्धि ल्याउने सारथी भनेको निजी क्षेत्र नै हो। कहाँ सरकारले सहयोग गर्नुपर्छ म तयार छु। मैले गर्नुपर्ने सहयोगका लागि आउनुहोस् मेरो ढोका तपाईहरुका लागि सदैव खुला हुनेछ,’ उनले भने।

महासंघले अगाडि सारेको सम्मानित निजी क्षेत्र समुन्नत नेपालको अभियानमा सरकारको पूर्ण समर्थन रहेकोसमेत उनले बताए।

‘निजी क्षेत्रको सम्मान गर्ने कार्यमा सरकारले कुनै कसर बाँकी राख्ने छैन। मुलुकका उद्योग व्यवसाय गर्नु भएको छ, रोजगारी सृजना गर्नु भएको छ, सकारको ढुकुटीमा पनि सहयोग गर्नुभएको छ भने तपाईहरुलाई सरकारले सदैव सम्मान गर्नेछ। यो मेरो प्रतिवद्धता पनि हो,’ उनले भने।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ