माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड

2021-03-16

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ।

सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)लाई ब्युँताइसकेपछि मंगलबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले एकतापूर्वको अवस्थामा रहेकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता तथा देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको सांसद वर्षमान पुनले बताए।

त्यसैगरी राष्ट्रिय सभामा दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको उनले जानकारी दिए। बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै राजीनामाको माग समेत गरेको उनको भनाइ छ।

‘प्रतिनिधि सभा विघटनको निर्णय गर्ने केपी शर्मा ओलीको कदम असंवैधानिक भएको अदालतले निर्णय गरिसकेको सन्दर्भमा उनले नैतिक रुपले पदमा रहिराख्न मिल्दैन। राजीनामा दिनुपर्छ भन्ने दलको अडानलाई स्पष्ट गरेको छ,’ नेता पुनले भने।

माओवादी केन्द्रले हतारमा सरकारलाई दिएको समर्थन फिर्ता नलिने पनि सांसद पुनले स्पष्ट पारे। संसदीय दलको बैठकले पार्टी छाडेका २ जना राष्ट्रिय सभा सदस्य र ४ जना प्रतिनिधि सभा सदस्यहरुलाई दलको तर्फबाट आफ्नो स्थिति स्पष्ट पार्न पत्राचार गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए।

‘अहिले हामी हतारमा सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौँ। हामीले आज दलको पहिलो बैठकले प्रधानमन्त्रीलाई नैतिक रुपले राजीनामा दिनुस्,' उनले भने, 'किनभने तपाईंले प्रतिनिधि सभा विघटन गरेको सन्दर्भमा असंवैधानिक पुष्टि भइसकेपछि, निर्णय भइसकेपछि त्यसमा रहिराख्न मिल्दैन भन्ने कुरो नै बैठकले अनुरोध गरेका छौँ। ध्यानाकर्षण गराएका छौँ। हतारमा अहिले हामी समर्थन फिर्ताको निर्णयमा छैनौं।’

पार्टी परित्याग गरेका सांसदहरुसँग अन्तिम छलफल गर्नका लागि मंगलबार नै नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले नारायणकाजी श्रेष्ठ, देव गुरुङ र वर्षमान पुनको ३ सदस्यीय समिति बनाएको र समितिले प्रत्यक्ष भेटेर छलफल गर्ने पनि सांसद पुनले जानकारी दिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ