2021-03-03 |
करिब ढाई महिनाको भीषण र भयानक राजनैतिक र संवैधानिक लडाइँपछि केपी ओलीद्वारा विघटन गरिएको संसद सर्वोच्चको आदेसपछी पुनर्वहाली भयो ! शहर-बजार र महल-दरबारहरुमा व्यक्तिगत वा सामूहिक दीपावली गरिए ! पुरानै सत्ता र भत्ताको, पद र पावरको, विधि र व्यवस्थाको अनि पुरानै विचार, वर्ग, व्यक्ती र वृत्तिको वहाली भएकोमा जश्न र खुशियाली मनाइयो, लड्डु पनि खाइयो-खुवाइयो ! संक्षिप्तमा भन्नुपर्दा प्रतिगमन उन्मुख नेपाली राजनीतिलाई संसदवादी यथास्थितिमै फर्काउन सकेकोमा ठूलो खुशियाली मनाइयो !
जे होस्, सत्ताको वरिपरि रहेका ठुल्ठुला पार्टी र तिनका बडेबडे नेताहरुमा आएको वैचारिक-राजनीतिक, सामाजिक-सांगठनिक र आर्थिक-सांस्कृतिक विचलन, विघटन र भ्रष्टीकरणका कारण राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको राज्य, पार्टी र शासक-नेताहरुमाथिको हस्तक्षेप र हालीमुहालीले गर्दा उत्पन्न भद्रगोल, भाँडभैलो अराजकता र अन्यौलताले ग्रस्त देसले अब एउटा दिशामा गति लिन्छ भन्ने आशा, अपेक्षा र विश्वासले मानिसहरुका दिलदिमाग भरिए । यसक्रममा हाल संसदीय सत्ताका आधारहरु संविधानवाद, संवैधानिक सर्वोच्चता र संसदवादलाई केही हदसम्म संरक्षण, सम्बर्द्धन, सुदृढ र सबल बनाएको भनी अलि बढी नै डङ्का पिटियो र आत्मरती पनि गरियो । तैपनी आफैमा पुरानो, मक्किएको, असफल र अफाप सिद्ध भैसकेको समस्याग्रस्त र संकटग्रस्त यो संसदीय सत्तालाई नेपालमा कुन राष्ट्रिय-अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको आड र माडमा कुन-कुन दास र दलालहरुद्वारा के कसरी सुदृढ, सबल र सफल बनाउने हो भन्ने चिन्ताले संसदीय व्यवस्थाका हिमायतीहरुलाई झन् पिरोलेको छ भने त्यो जिम्मेवारी को कसले कसरी लिने भन्ने विषयको किचलो र लुछाचुँडी अझै बढ्ने देखिन्छ ।
यसैबीच केही समयमा यो वातावरणलाई थोरै सङ्लाएर शान्त पार्दै संसदीय व्यवस्थाका उपरोक्त विविध विकृती, विसङ्गतिहरुलाई ढाकछोप र परिमार्जन गर्दै यस्लाई अझै संरक्षण, सम्बर्द्धन र सुदृढीकरण गर्ने पनि कोसिस हुँदै-गरिंदै छ । यसदौरानमा परिवर्तनकारी नेपाली जनता र पार्टी कार्यकर्तामा यो एउटा भ्रमपूर्ण विश्वास बढे-बढाइएको छ कि संसदको पुनर्स्थापनाद्वारा अब प्रतिगमन र प्रतिक्रान्ती रोकिएको छ । उनीहरुलाई आशा र अपेक्षा देखाइएको थियो र छ कि :
- अब देसमा अग्रगमनको ढोका खुल्नेछ !
- देस र जनताका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका जल्दाबल्दा जीवन्त र ज्वलन्त समस्याहरु छिटै र राम्रैगरी सम्बोधन र समाधान हुनेछन् !
- देसभित्रै गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत र मौलिक राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकारहरुको समुचित र सुव्यस्थित संरक्षण र सम्बर्द्धन हुनेछ !
- अब देसमा सुशासन, सुव्यवस्था, सुखशान्ति र समृद्धिको आधार खडा हुनेछ !
- सङ्गसङ्गै देसमा दरो र दीगो कासन र शासनको स्थापना र विकास पनि हुनेछ !
यसै र यस्तै आशा, अपेक्षा र विश्वासरुपी मृगतृष्णामा नेपाली जनतालाई फेरिपनि अझै लामो समय फसाउने र देसी-विदेसी संसदवादी शक्तिकेन्द्रहरुले आआफ्ना कुत्सित स्वार्थहरु पूरा गर्ने दाउपेच, चलखेल र तिगडम चल्नेछ !
यसमाथि थप विडम्बना के भएको छ भने जनयुद्धको नेतृत्व गरेर आएका माओवादी सर्वोच्च कमान्डर प्रचन्डले नै आफ्नो पार्टी नेकपाको छँदाखाँदाको एक नं अध्यक्षको नेतृत्वको दुईतिहाई बहुमत नजिकको आफ्नै कम्युनिस्ट पार्टीको सरकार गिराउन मरीहत्ते गरेका छन् भने एक नं अध्यक्ष भनिएका प्रधानमन्त्री केपी ओलीले सरकार टिकाउन पार्टी र संसदकै बलिदान दिने धृष्टता र मूर्खतापूर्ण दुस्साहस गरेका छन् ! यी कुकर्महरु वैदेशिक शक्तिकेन्द्रहरुका सुझाव, दवाव, षड्यन्त्र र डिजाइनमा भएका स्पष्ट नै छन् ! MCC पास गराएर एकैसाथ अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादी शासक वर्ग खासगरी हिन्दूवादी मोदी नेतृत्वको भारतीय जनता पार्टीको कट्टरपन्थी हिस्साको उक्साहटमा आएर पार्टी नै फोड्ने मूर्खतापूर्ण दुस्साहस ओलीले गरे भने आफ्नै पार्टीको नेतृत्वको लामो समयपछी प्राप्त स्थिरता उम्मुख शक्तिशाली सरकारलाई विधिपद्धती आदि पालना गराउने बहानामा भारतीय स्थायी सरकार, खासगरी जासुसी संस्था र विपक्षी काङ्ग्रेस आई पार्टीको डिजाइन र निर्देशनमा आफ्नै सरकार गिराउनेसम्मको हर्कत गर्दै प्रचण्ड-माधवले ओली नेतृत्वको सरकारमाथी संसद सचिवालयमा अविश्वासको औपचारिक प्रस्ताव नै पेस गरे !
एउटा ज्यादै नै लज्जास्पद कुरा त के भएको छ भने घोषित प्रतिगामी र प्रतिकृयावादी सोंच र शक्तिहरुको संरक्षण र सम्बर्द्धन गरेर उनीहरुको आडभरोसामा सत्ता टिकाउने दाउमा एक नं अध्यक्ष वर्तमान प्रधानमन्त्री रहेका देखिन्छन् भने अमेरिकी र भारतीयहरुलाई कम्फर्टेबुल हुने गरी तिनका दलाल शक्तिहरुसित मिलेर संयुक्त सरकार बनाई साम्राज्यवाद र विस्तारवादको दलाली गर्ने खुलेआम हर्कत प्रचण्ड-माधवहरुले गरिरहेका छन् ! त्यसमाथी थप विचित्र विडम्बना के छ भने त्यसप्रकारका गतिविधिहरुलाई पनि पार्टीभित्रका क्रान्तिकारी र राष्ट्रवादी भनिएका नेताहरुले र विभिन्न वाम बुद्धिजीवी भनाउँदाहरुले समेत विभिन्न तर्क, वितर्क र कुतर्क गरेर उपरोक्त हर्कतहरुलाई सही र क्रान्तिकारी राजनीतिक र कूटनीतिक तरिका बताउँदै त्यसको पक्षपोषणमा गर्व र गौरव गरिरहेका छन् ! सत्ता र भत्ताको, सुख र सुविधाको प्राप्ति र प्रलोभनमा परेपछि यी बौद्धिक र स्वच्छ ठानिएका नेतृत्व र व्यक्तित्वहरुले यसरी एकैपटक साम्राज्यवाद र विस्तारवाद तथा तिनका दलाल र गद्दार नेताहरुको समेत दलालीस्वरुप भजन गाउने र भोजन गर्दारहेछन् र गर्ने गरिरहेका पनि छन् जो स्पष्टत: एउटा दुखद आश्चर्य नै भएको छ ।
स्मरणीय छ कि केपी ओली र उनको गुटको कथित राष्ट्रवाद र क्रान्तिकारीता ढोङी र नक्कली हो भनी तत्कालीन माओवादी केन्द्रको सर्वोछ कमिटी केन्द्रीय कार्यालयकै बैठकमा यो लेखक स्वयंले भनिरहँदा किंचित पनि सुन्ने गरिएन ! यस्तो राजनीतिक र वैचारिक स्पष्टता नभै, क्रान्तिकारी सिद्धान्त र राजनीतिबाट झन् पछि झन् तल तल र पर पर जाँदै गरेर नित्तान्त चुनाव र सत्ता स्वार्थमा केन्दृत भई एकदमै हतारोमा हठात् र बलात् हचुवा एकता गर्नु आत्मघाती हुन्छ भन्दै हामीले प्रसस्त विवाद र सुझाव-दवाव दियौं ! यसक्रममा प्रचण्ड आफैले केही महिना अघिमात्र ओलीसँग गरेको कार्यनीतिक समझदारी र सरकार संचालनको सहकार्यमा आलोपालो सरकारको नेतृत्व गर्ने सर्त पालन नगरी धोका र बेइमानी गरिसकेका त्यस्ता बेइमान उनै ओली र उनको गुटसङ्ग पुनः कार्यगत एकता गर्दा पनि होश गर्नु पर्छ भने पार्टी एकता त गर्नुनै हुन्न र गर्ने नै हो भने देसमा छरिएर रहेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा विप्लव समूह, नेपाल मजदुर किसान पार्टी र नेकपा मसाल लगायतका तुलनात्मक रुपले बढी क्रान्तिकारी, देसभक्त र सिद्धान्तनिष्ठ शक्तिहरुसमेत भएर मात्र तत्कालीन एमालेसँग पार्टी एकता गर्नु उपयुक्त हुन्छ भनी मणि थापा र म स्वयंलगायतले पार्टी केन्द्रीय कार्यालयको बैठकमै बारम्बार भन्दाभन्दै पनि प्रचण्ड स्वयंले सरकारमा सहकार्य मात्र होइन कि पार्टी एकता नै गर्नु आफैमा आत्मघाती रहस्य र षड्यन्त्रमा जाकिनु थियो ! तथापि एकता गरिसकेपछी आफ्नो पद, प्रतिष्ठा र पावर प्राप्तिको लागि साम्राज्यवाद र विस्तारवादको स्वार्थ र डिजाइनमा क्रान्ती, पार्टी र राष्ट्रलाई नै धरापमा राखेर ध्वस्तप्राय: गर्न खोज्नु उहाँहरुको कहाँसम्मको धृष्टता, उद्धन्डता र मूर्खता होला ? गम्भीररुपले विचारणीय छ !
दसबर्षे महान् युद्ध र क्रान्तिका बेला सत्य र न्यायको लागि अगि बढ्नको लागि पछि हट्न र महान् प्राप्तिको लागि महान् त्याग, तपस्या र बलिदान तथा असीम धैर्यता, संयम र सहिष्णुताको पाठको प्रशिक्षण र निर्देशन दिने महामहिम प्रचण्ड आज एकता र शान्तिका बेला संसदीय सत्ता र शक्तिको लागि नेपाल राष्ट्र र नेपाली जनताको लागि कम्फर्टेबल हुने सरकार निर्माणतिर होइन, भारतीय विस्तारवादको लागि कम्फर्टेबल हुने गरी घोषित रुपमै नेपालमा सरकार बनाउने प्रयासमा जुट्ने हदसम्म गिर्नु र प्रचण्डका पेरिफेरिका झलनाथ, माधव, भीम रावल र रामकुमारीजस्ता हस्तिहरु जस्ले हिजो mcc पास गर्नु हुदैन भनी कुर्लन्थे तर आज अनावस्यक र असान्दर्भिक रुपमै जबर्जस्ती mcc पास हुन्छ र गर्नुपर्छ भनी चिल्लाउंदै एकैसाथ अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको चर्को चाकरी गर्नु वामपन्थी राजनीतिक संसारमै सायद पहिलो दुखद विडम्बना होला ।
यसैगरी समाजवाद-साम्यवादका निम्ति वर्गशत्रु सफाया गर्दै अघि बढ्दा १४ वर्ष जेल बसेर नझुकेका र नचुकेका केपी ओली अहिले शक्तिशाली प्रधानमन्त्री भएको बेला साम्राज्यवादी-विस्तारवादीको गलत प्रलोभन र आश्वासनमा फसेर आफ्नो नेतृत्वको शक्तिशाली पार्टी र सरकारलाई नै धरापमा पारेर आफ्नो इच्छा र अहंकारको तुष्टीकरण गर्न खोज्नु संसारमै मूर्खताको पराकाष्ठाको एउटा नमुना नै होला ! यी दुई नेता र यिनका गुटका यसप्रकारका निचतम कृयाकलापहरुका कारण संसदको पुनर्वहालीपछी खुसी सेलाउन नपाउँदै यस्ले जगाएको आशा र अपेक्षामा पुन: झन् ठुलो कुठाराघात भएको विडम्बनापूर्ण अवस्था उत्पन्न भएको छ ! तथापी सच्चा इमान्दार, देसभक्त र स्वाभिमानी कम्युनिस्ट क्रान्तिकारीहरु यसप्रकारका नीति, नियत र नेतृत्वका विरुद्धमा निरन्तर संघर्ष गर्दै क्रान्ती र मुक्तिको यात्रामा अथकरुपमा लागिरहनु नै पर्दछ ! अनिमात्र उपरोक्त धोका र विश्वासघातको बढ्दो विडम्बनापूर्ण कुठाराघातलाई रोकेर स्वतन्त्र, स्वाभिमान र समुन्नत समाजवादी नेपाल र सक्षम, सुखी र समृद्ध नेपाली बनाउन सकिन्छ ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...