चार महिना बाँकी रहंदा लमही नगरको खर्च प्रन्ध्र प्रतिसत भन्दा कम

चार महिना बाँकी रहंदा लमही नगरको खर्च प्रन्ध्र प्रतिसत भन्दा कम

2021-03-02

दिवाकर पोख्रेल
देउखुरी, फागुन । दाङको लमही नगरपालिकाको बजेट खर्च र राजश्व असुलीको अवस्था कमजोर देखिएको छ । हाल सम्म लमही नगरपालिकाले कुल बजेटको १७ प्रतिसत बजेट खर्च हुंदा पुँजीगत खर्च मात्रै ११ प्रतिसत रहेको छ । यस्तै राजश्व संकलनको हिसावले ११ करोड ६२ लाख संकलन गर्ने लक्ष्य राखेको नगरपालिकाले अहिले सम्म दुइ करोड ७० लाख मात्रै राजश्व संकलन गरी लक्ष्यको २३ प्रतिसत मात्रै पूरा गरेको छ ।
नगरपालिकाको मुख्य आम्दानीको श्रोत नदीजन्य पदार्थ हो । जुन अहिले नदीजन्य पदार्थ विक्री गर्न नपाउँदा राजश्व संकलन न्युन भएको छ । नदीजन्य पदार्थ बिक्रीबाट उच्च राजश्व संकलन गर्ने लक्ष्य राखेको नगरपालिकाले ठेक्का लगाउन नसक्दा एकातिर राजश्व गुमेको छ भने अर्को तर्फ आफ्नै नगर क्षेत्रमा योजना कार्यान्यनमा समस्या भएको छ ।
लमही नगरपालिकाका प्रवक्ता बिमबहादुर केसीले नदीजन्य पदार्थको लागि खोला ठेक्का लगाउन नपाउँदा राजश्व संकलन दर कम रहेको स्विकार्नुभयो । उहाँले भन्नुभयो, ठेक्का लगाउनु पुर्व गर्नुपर्ने प्राविधिक काम बाताबरण प्रभाव मुल्याङकन लगायतमा ढिलाई भएका कारण ठेक्का लगाउन नसकिएको हो । उहाँले चालु आर्थिक बर्ष २०७७÷०७८ मा राजश्व संकलन लक्ष्यको ५० प्रतिसत सम्म भेटाउन सकिने बताउनुभयो ।

यस्तै लमही नगरपालिकाले पूँजिगत खर्चको अवस्था कमजोर हुनुको कारण पटक पटक कार्यालय प्रमुखको प्रशासकिय अधिकृतको सरुवाले प्रभाव पारेको पनि पाइन्छ । लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नोखीराम ओलीले फागुन महिनामै खर्च बढी देखिनुपर्ने समय नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ठूला संघ र केन्द्रका योजना ठेक्का लगाएका छौ, रनिङ बिल उठाएर खर्च गरेको भए देखिन्थेयो, अहिले त्यस्तो भएको छैन,धेरै योजनाहरु सम्झौता भएका छन काम हुने क्रममा छन, काम हुन्छन । यस्तै उहाँले राजश्य संकलनको हिसावले नदीजन्य पदार्थलाई समयमै ठेक्का लगाउन नसकेको स्वीकार्नुभयो । बाताबरण प्रभाव मुल्याङकन थियो, म्याद सकिएकोले चुरेमा पठाउनुपर्ने त्यस कारणले ढिलो भएका हो अब ठेक्काको लागि सूचना गरेका छौ, अब ठेक्का लाग्छ,उहाँले थप्नुभयो ।

लमही नगरपालिकाको तुलनामा देउखुरी अन्य पालिकाको पूजंीगत खर्च बढाएको पाइन्छ । राजपुर गाउँपालिकाले चालु आर्थिक बर्षमा १८ प्रतिसत काम गरेको बताएको छ । राजश्व संकलनको अवस्था भने राजपुर गाउँपालिकामा पनि कमजोर देखिन्छ जम्मा एक करोड ६४ लाखको राजश्य संकलन गर्ने लक्ष्य राखेको पालिकाले हालसम्म जम्मा ३१ लाख मात्रै राजश्व संकलन गरी १९ प्रतिसत मात्रै लक्ष्य भेटाएको छ । गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रेमन्त खनालले नदीजन्य पदार्थमा ठेक्का लगाउन नसक्दा राजश्य संकलनको लक्ष्य नभेटिएको बताउनुभयो ।

यस्तै देउखुरीकै अर्को पालिका गढवा गाउँपालिकाले पूजिगत खर्च २९ प्रतिसत र संचालन खर्च चालु खर्च ४२ प्रतिसत छ । चार करोड ८० लाख राजश्य संकलन गर्ने लक्ष्य राखेको पालिकाले एक करोड छ लाख राजश्व संकलन गरेर लक्ष्यको २२ प्रतिसत मात्रै पूरा गरेको छ । यस्तै राप्ती गाउँपालिकाको चालु आर्थिक बर्षमा २९ प्रतिसत पुँजीगत खर्च गर्दा चालु खर्च ३३ प्रतिसत गरेको छ । राजश्व संकलनको लक्ष्य जम्मा एक करोड ७५ लाखको लक्ष्य लिएको पालिकाले अहिलेसम्म ६४ लाख २४ हजार मात्रै राजश्व संकलन गरेर ३६ प्रतिसत भेट्टाएको छ ।

No description available.




थप समाचार


५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री नगर्न सार्वजनिक लेखा समितिको निर्देशन

५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री नगर्न सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले ५० र ४५० केजीका ग्याँस सिलिण्डर बजारमा बिक्री वितरणमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ ।सोमबार बसेको संसदीय ...

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

घलेम्दी हाइड्रोपावरले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ बराबर २ शेयरको अनुपातमा ...

जनकपुरको बिग मार्टमा आगो लाग्दा करोडौंको क्षति

जनकपुरको बिग मार्टमा आगो लाग्दा करोडौंको क्षति

धनुषा ।  जनकपुरधामको रामानन्द चोकमा रहेको जनकपुर बिग मार्टमा  गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ ...




ट्रेन्डिङ