2021-03-02 |
काठमाडौं - धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यान्टारमा एक महिलालाई जिउँदै पुरेर स्काभेटर अपरेटर फरार भएका छन् । सल्यानटारकी ४५ वर्षीया महिला सरस्वती कुमाललाई मृत अवस्थामा खाल्टो खनेर निकालिएपछि सो कुरा बाहिर आएको धादिङका एसपी महेन्द्र खड्काले नेपाल लाइभलाई जानकारी दिए।
बाटो खन्ने क्रममा सुरुमा स्काभेटरले ठक्कर दिएर घाइते बनाएको र पछि खाल्टो खनेर पुरेको स्थानीयको आरोप रहेको एसपी खड्काले बताए । देख्ने मान्छे कोही नभएको र अपरेटरसमेत फरार रहेकाले घटना कसरी भयो भन्नेबारे प्रष्ट भइनसकेको एसपी खड्काको भनाइ छ ।
जिउँदै महिलालाई पुरेको घटना बाहिरिएपछि हिजो सो क्षेत्र तनावग्रस्त भएको थियो । स्थानीयले स्काभेटरमा तोडफाेड तथा आगजनीसमेत गरेका थिए । सल्यानटारस्थित इलाका प्रहरी कार्यालयको टोली र एसपी श्रेष्ठ आफैं घटनास्थल पुगेका थिए । अपरेटर भीमबहादुर बुढाथोकी भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।
एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएको स्थानीयको आरोप छ।
‘एक्स्काभेटरले मान्छे पुर्यो’ भन्दै हल्ला भएपछि चालक बुढाथोकी भागेको बताइएको छ। घटनास्थल नजिकै जंगल रहेकाले र घटना भएको समयमा चालक एक्लै भएकाले पनि भाग्न सफल भएको त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख शम्भुकुमार थापाले बताए ।
घटनाको समयम सडक मजदुर खाना खाँदै थिए । पछि तिनै मजदुरले खाल्डो खनेर कुमालको शव झिकेको थापाको भनाइ छ। दाङ घर भएका चालक बुढाथोकीको खोजीका लागि सबै संयन्त्र प्रयोग गरिने पनि थापाले बताए।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...