नेपाललाई ७ महिनामा ७ खर्ब ३३ अर्बको व्यापार घाटा

2021-02-20

काठमाडौं- चालु आर्थिक वर्ष २०७७/७८ को ७ महिना अवधिमा मुलुकले ७ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। भन्सार विभागको तथ्यांकअनुसार माघ मसान्तसम्ममा नेपालले ८ खर्ब ७३ अर्ब ५६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गर्दा सवा ७ खर्बभन्दा बढी घाटा व्यहोरेको देखिएको हो। 

विभागको तथ्यांकअनुसार माघ मसान्तसम्ममा ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६९ अर्ब ९१ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात ०.०१ प्रतिशतले बढेको छ भने निर्यात ७.६१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो ७ महिना अवधिमा मुलुकले व्यहारेको व्यापार घाटाको तुलनामा यस वर्ष व्यहारेको घाटा भने ०.६६ प्रतिशतले कम हो। गत आर्थिक वर्षको माघ मसान्तसम्ममा मुलुकले ७ खर्ब ३८ अर्ब ६८ करोड रुयैयाँ बराबर व्यापार घाटा व्यहारेको थियो। 

गत आर्थिक वर्षको तुलनामा आयात–निर्यात अनुपात घटेको विभागको तथ्यांकले देखाउँछ। गतवर्ष माघ मसान्तसम्ममा १२.३७ रहेको यस्तो अनुपात चालु आर्थिक वर्षको माघसम्ममा ७.०७ प्रतिशतले घटेर ११.४९ कायम भएको छ। यसरी हेर्दा यो अवधिमा मुलुकले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ प्रतिशत र निर्यातको हिस्ता ८ प्रतिशत बराबर रहेको देखिन्छ।

गत माघसम्को तथ्यांक हेर्दा नेपालले भारतसँग मात्र ४ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। यो अवधिमा नेपालले भारतबाट ५ खर्ब ३१ अर्ब ९५ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ भने ४९ अर्ब ९३ करोड रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ। त्यस्तै चीनसँग १ खर्ब १६ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात र ५५ करोड ७१ लाख रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गर्दा नेपालले १ खर्ब ५५ अर्ब ५६ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ।

यो अवधिमा विरगंज भन्सार नाकाबाट सबैभन्दा धेरै वैदेशिक व्यापार भएको देखिन्छ। यो नाकाबाट ७ महिना अवधिमा २ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ बराबरको मालवस्तु आयात हुँदा २२ अर्ब ३८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ