चन्द्रागिरि हिल्सको आइपिओ बजारमा, कहिले देखि हुन्छ नाफा ?

2021-01-08

काठमाडौं - चन्द्रागिरि हिल्सले आज शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्काशन गरेको छ। कम्पनीले सर्वसाधारण समूहका लागि छुट्याएको १५ लाख ३४ हजार कित्तामध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको १३ लाख ९६ हजार कित्ता सर्वसाधारणका लागि जारी गरेको हो।

कम्पनीले कर्मचारीका लागि ६१ हजार ३६४ कित्ता र सामूहिक लगानी कोष म्युचुअल फण्डका लागि ७६ हजार ७०५ कित्ता सुरक्षित गरेको छ। कम्पनीको प्राथमिक सेयरमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्।

कम्पनीले छिटोमा पुस २८ गतेसम्म र पहिलो चरणमा बिक्री नभए ढिलोमा माघ ९ गतेसम्म बिक्री खुला गर्न सक्ने छ। सर्वसाधारणले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन्। कम्पनीले यसअगाडि प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर जारी गरेर बाँडफाँड गरिसकेको छ। प्रभावितले अधिकतम ८० कित्तासम्म शेयर प्राप्त गरेका थिए।

प्राथमिक सेयर निष्काशनसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ। कम्पनीले स्थानीय बासिन्दाका लागि २ प्रतिशत र सर्वसाधारणका लागि १० प्रतिशत सेयर निष्काशन गर्ने भएको हो। प्रभावितले तीन करोड ६ लाख रुपैयाँको सेयर प्राप्त गरिसकेका छन्।

कम्पनीका अध्यक्षमा चन्द्रप्रसाद ढकाल रहेका छन्। कम्पनीमा उनको सेयर पुँजी २९ करोड ४३ लाख रुपैयाँ रहेको छ। ढकाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पनि हुन्। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा कम्पनीको सञ्चित नोक्सानी २० करोड ४१ लाख रुपैयाँ थियो। चालु आर्थिक वर्षको सञ्चित मुनाफा पनि ६४ करोड २७ लाख रुपैयाँ नोक्सानी हुने प्रक्षेपण गरिएको छ। तर आगामी आर्थिक वर्ष २०७८–७९ मा भने सञ्चित मुनाफा १४ करोड १७ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। आर्थिक वर्ष २०७९–८० सम्ममा प्रतिशेयर आम्दानी ३२ रुपैयाँ हुने कम्पनीले सार्वजनिक गरेको प्रक्षेपित वित्तीय विवरणमा उल्लेख छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ