महामारी पछि सिनेमा : 'एउटा यस्तो प्रेम कहानी' माघ १ गते रिलिज हुने

2021-01-02

कोभिडका कारण लामो समय सिथिल भएको नेपाली फिल्म क्षेत्र जुरमुराउने अभ्यासमा छ। यसै बिच एक्सन नायक शिव श्रेष्ठको प्रस्तुतिमा बनेको फिल्म 'एउटा यस्तो प्रेम कहानी'को प्रदर्शन घोषणा गरिएको छ।

पुष १७ गते पोस्टर रिलिज सँगै गरिएको घोषणा अनुसार फिल्म माघ १ गते देखि देशभरका हलहरुमा प्रदर्शन हुने बताइएको छ।

शिव श्रेष्ठले नेपाली फिल्ममा प्राप्त गरेको सफलताले उनलाई पाकिस्तानी फिल्म उद्योग सम्म डोर्‍यायो । पाकिस्तानमा श्रेष्ठको कलाले राम्रो उचाई लियो। यसरी नेपाली र बिदेशी समेत फिल्मलाई महत्त्वपूर्ण योगदान दिएका ब्याक्तीले अहिने नेपाली फिल्म उद्योग झन्डै कोमामा पुगेको परिस्थितिमा फिल्म रिलिज गरि नेपाली फिल्म उद्योगलाई टेवा पुर्याउँ भनेका कारण निर्माण पक्ष त्यसैमा सहमत भएर फिल्म रिलिज गर्न लागेको फिल्मको अफिसियल फेसबुक मार्फत जारी प्रेस नोटमा बताइएको छ।

'हाल कोभिड १९ को विषम परिस्थितिले गर्दा ठप्प रहेका फिल्म हल खोली नेपाली फिल्म जगतलाई टेवा पुर्याउने हल संचालकको अभियानमा हामी पनि होस्टेमा हैंसे गर्न आइपुगेका छौं' प्रेस नोटमा भनिएको छ 'आगामी माघ १ गते देशब्यापी रुपमा फिल्म रिलिज गरिने छ। यस विषम परिस्थितिमा हामो प्रयासलाई यहाँहरुको साथ र सहयोग रहने अपेक्षा गरेका छौं।'

अभिनेता शिव श्रेष्ठको प्रस्तुतिमा बनेको यस फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोंग, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको फिल्मको निर्देशन दिपेस सापकोटाले गर्नुभएको छ।

फिस्टेल मुभिजको ब्यानरमा बनेको यश फिल्मका निर्माता यशाेदा राई र दिनेश दर्शनधारी हुनुहुन्छ । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सह-निर्माताहरु हुनुहुन्छ।




थप समाचार


श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका ‘टिकटक डान्सर’

श्याम गिरी अर्थात् ‘रेडियो प्रेमी वान’ चल्तीका  ‘टिकटक डान्सर’

३१ असार, बाँके । बाँके जिल्लाको सेरोफेरोमा अहिले श्याम गिरीलाई ‘रेडियो प्रेमी वान’ भनेर नचिन्ने सायदै कमै होलान्। कुनै जमानामा रेडियोको माध्यमबाट उनले प्रत्येक दिन आउने ...

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

सुरक्षा र नरेन अभिनित बुलाकी’ कात्तिक १८ गते प्रदर्शन हुने

नेपाली सिने जगतबाट अन्तराष्ट्रिय फिल्म फेस्टिभल ''कान्स '' को रेड कार्पेटमा हिडेर चर्चित बनेकी नायिका सुरक्षा पन्त र नायक नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ...

‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

‘बुलाकी’ पछि चलचित्र ‘म’ मा अभिनय गर्दै नरेन खड्का

काठमाडौँ - कान्तिपुर सिनेमा एकेडेमीले निर्माण गर्न लागेको चलचित्र ‘म’ मा अभिनेता नरेन खड्काको इन्ट्री भएको छ । उनको इन्ट्रीसँगै फिल्मको लाइनअप पनि पुरा भएको ...




ट्रेन्डिङ