महासंकटको अर्थ र पृष्ठभूमि : नारायण शर्मा

2020-12-29

पछिल्लो आम निर्वाचनपछी बनेको नेकपाको ओली नेतृत्वको दुई तिहाईको बलियो र स्थायी सरकारबाट देसको संक्रमण र संकटग्रस्त कालको अन्त्य भएको विश्वास गरिएको थियो । यसङ्गै देसमा स्थायित्व, सुव्यवस्था, सुशासन, समृद्धी र विकासको अपेक्षा पनि गरिएको थियो तर वली नेतृत्वको सरकारले आफ्नो दुईतिहाई नजिकको संसदलाई असमयमै हठात् र बलात् भङ्ग गरेसँगै आफ्नै पार्टीमा समेत फुट आएको छ ! तत्पश्चात् देसका प्रतिगमनकारी र यथास्थितिवादी शक्तिहरु मात्र होइन, वैदेसिक प्रतिकृयावादीहरु समेत आआफ्ना स्वार्थ पूरा गर्न-गराउनको लागि आआफ्नो न्वारानदेखिको बल लगाएर चलखेल गरिरहेका छन् ! यो अवस्था एक असाधारण, अति गम्भीर, परम अराजकतापूर्ण र चरम संवेदनशील अवस्था हो ! विगत आठ दसकदेखी देसको अग्रगमनलाई लिएर बारम्बार भैरहेका विभिन्न संघर्ष, आन्दोलन, द्वन्द्व र युद्धबाट आक्रान्त अस्थीर, अशान्त, अन्यौलग्रस्त र क्षतविक्षत भै संकटग्रस्त बनिरहेको हाम्रो देसले अब त निकास र विकास पाउला भन्ने बेलामा यो अप्रत्याशित घटना बेहोर्नु पर्दा देस महासंकटमा परेको अनुभव भएको छ ! यो सामान्य घटना र अवस्था नभएर एक विशेष, विडम्बनापूर्ण र असामान्य अवस्था र गम्भीर दुर्घटना भएको र यसबाट पार पाउन धेरैनै ठूलो सकसपूर्ण कठिनाइँबाट गुज्रनु पर्ने देखिएकोले नेपालको वर्तमान अवस्थालाई महासंकटपूर्ण अवस्था भनिएको हो ।

महासंकटका मुख्य कारणहरु :

१. अमेरिका, भारत र इयूलगायतका साम्राज्यवादी-विस्तारवादी राष्ट्रहरुको चीनसँगको प्रतिस्पर्धा र प्रतिद्वन्द्वीता, ईर्ष्या र डाह, विद्वैष र विरोध, अवरोध र आक्रामक नीति र गतिविधिका कारण नेपालमा यो संकट एक महासंकटका रुपमा प्रकट भैरहेछ ।

२. देसका राजनीतिक शक्तिहरुको सत्ता र भत्तास्वार्थका लागि सत्ताधारी नेकपाकै विभिन्न गुट-उपगुट र व्यक्तित्व-नेतृत्वको बिचमा केही समयदेखी भैरहेको आपसी झगडामा उपरोक्त साम्राज्यवादी-विस्तारवादी शक्तिकेन्द्रहरु खेल्दा यो महासंकट पैदा भएको स्पष्टै छ !

३. यो संकट अघिपछिको जस्तो सामान्य संकट नभएर एक विशेष संकट भएकाले महासंकट भनिएको हो ! यो यसकारण महासंकट हो कि यस्ले गर्दा नेपाल अन्यौलता, अनिश्चितता, अस्थीरता र अराजकता अनि द्वैष, द्वन्द्व र दमन-प्रतिरोधको भीषण दुश्चक्रमा फस्न गैरहेको छ । साथै, यो सामान्य र चानचुने तरिकाले अनि छिटै र सहजै हल हुने पनि देखिंदैन !

४. यो संकट यसकारणले पनि महासंकट भैरहेको छ कि यसमा देसका प्रतिकृयावादी शक्तिहरुको मात्र होइन, अन्तर्राष्ट्रिय महाशक्तिहरुको समेत चासो, चिन्ता र चलखेल मात्र नभै द्वैष, द्वन्द्व र दानवी प्रवृत्तिद्वारा हाम्रो देस, जनता र अग्रगमनलाई दमन र समन गर्ने रणनीती अन्तर्निहित छ !

५. यो महासंकट निर्वाचित संसद विघटन र सत्ताधारी दुईतिहाई बहुमतको सत्तासीन पार्टीमा आएको ठूलो विभाजनका कारणले मात्र नभई यसकारणले पनि आएको हो कि यसको अन्तर्यमा राजतन्त्र, हिन्दू राष्ट्र, एकीकृत र केन्द्रीकृत शासनप्रणालीको पुनर्स्थापना गरी देसलाई पूरै प्रतिगमनमा लैजाने देसी-विदेसी प्रतिकृयावादी शक्तिहरुको गम्भीर षड्यन्त्र लुकेको छ !

६. वर्तमान संकट महासंकट हुनु र भनिनुमा सबैभन्दा महत्वपूर्ण कारण यो रहेको छ कि देसमा द्वन्द्वको पुनरावृत्ती गराई कथित द्वन्द्व समाधानका नाममा वैदेसिक सेना भित्र्याई नेपाल र नेपालीलाई लुट्ने र मेट्ने अनि नेपाल र नेपालीको सच्चा सहयोगी छिमेकी मित्रराष्ट्र चीनलाई भुट्ने (disturb, dominate, divide n destroy = 4d गर्ने ) रणनीति लुकेको छ ।

७. यसै रणनीतिको एउटा अङ्गको रुपमा यहाँ mcc सम्झौता गरिसकिएको छ र त्यसलाई संसदबाट पारित गरी स्थायीरुपमा सबल र सुदृढ गरिंदैछ ! हालै मात्र पूर्व माओवादी तर्फका नयाँ उर्जामन्त्री टोपबहादुर रायमाझीले समेत मन्त्रालय प्रवेश गर्दाकै अवसरमा mcc आवस्यक छ र संसदबाट पारित गर्नुपर्छ भनी पहिलो सम्बोधनमै भनेको कुराबाट पनि उपरोक्त कुरा पुष्टि हुन्छ ।

८. वर्तमानको यो संकट उत्पन्न हुनुको सबभन्दा प्रमुख कारण त यहाँका नेता-शासकहरु, राजनीतिक पार्टीहरु र संसदीय व्यवस्था स्वयं हुन् । नेता-शासकहरुका दलाल र दास चिन्तन र चरित्र तथा संसदवादी राजनीतिक पार्टीहरुका यथास्थितिवादी र नवउदारवादी मति र गति एवं नीती र कृति अनि संसदीय सरकार, शासनप्रणाली र सत्ताको जनविरोधी, क्रान्तिविरोधी र प्रगतिविरोधी सारतत्व नै वर्तमान महासंकटका समेत मुख्य कारक हुन् ।

९. एउटा विचित्रको दुखद विडम्बना के भैरहेछ भने नेपालमा कुनैपनि देसभक्त, लोकतान्तृक र अग्रगामी शक्ति, व्यक्ती वा संघसंस्थालाई सबल र सुदृढ हुन नदिनको लागि उक्त निकायमा वैदेसिक शक्तिहरुले वैचारिक विचलन, वैमनस्य र विद्वैष बढाइदिएर विभाजन ल्याइदिने गर्दछन् र गरेका छन् ! अहिले पनि यो खेल मूलतः सत्ताधारी नेकपाभित्र खेलिएको छ र यसको एउटा गुट (वलीगुट )लाई संसद विघटन गर्न लगाई चुनाव जिताउन सहयोग गर्ने आश्वासन दिने तथा अर्को पक्ष (प्रचण्ड-माधवगुट) लाई भने संसद पुनर्स्थापनाको लागि संघर्ष गर्न र नेका-मधेसवादीसँग संयुक्त सरकार बनाई नेतृत्व गर्न सुर्‍याउने एउटै शक्ति केन्द्रबाटै भैरहेको छ ! त्यसमाथी पनि उही एउटै वैदेशिक शक्ति केन्द्रले एकातिर राजावादीहरुलाई राष्ट्रिय एकता, राजतन्त्र, हिन्दुराष्ट्र अनि एकीकृत र केन्द्रीकृत शासनव्यवस्थाको लागि उकासेर आन्दोलन गर्न लगाउने र अर्कातिर नेका-मधेसवादीलाई लोकतन्त्रको रक्षा र विकासको लागि लड्न प्रेरित, प्रोत्साहित र प्रलोभित गर्दै देसमा अन्यौलता, अराजकता, अस्तव्यस्तता, अस्थिरता र अतिवाद बढाएर अर्थात् नेपाललाई पुनः भीषण द्वन्द्वमा फसाई कमजोर, कङ्गाल र कारुणिक अवस्थामा पुराएर नेपालबाट आफ्नो कुत्सित स्वार्थ पूर्ती गर्ने निहित उद्देश्यले चलखेल, सरसहयोग र हस्तक्षेप गरिरहेको छ !

र, यो हस्तक्षेपको प्रकृया नेपालमा शान्ती र स्थायित्वका नाममा विदेसी सेना उतारेर थप द्वन्द्व र अशान्ती मच्चाउँदै नेपाल र नेपालीप्रती जिम्मेवार देखिएका वैचारिक-राजनीतिक पार्टीहरु, सामाजिक-सांस्कृतिक संघसंस्थाहरु र आर्थिक-व्यापारिक प्रतिष्ठानहरुलाई मात्र होइन पूरै नेपाल र नेपालीलाई विभाजित गरेर नेपाल र नेपालीको नामनिशान नै नराख्नेतिर उद्धत छ !हामी भने विदेसीहरुको यो चाल, जाल र ढाल अर्थात् कुनियत, डिजाइन र षड्यन्त्र नबुझीकनै कुर्सी स्वार्थमा अल्झिदै विरबलको खिचडी पकाएर खाने वा मनको लड्डु घिउसित खाने कपोल कल्पनामा डुबेर आआफ्ना डम्फू ठोक्दै आफू नै क्षतविक्षत हुनेगरी आपसमै लड्दै छौं ! यसरी संकटको मार खेप्ने पक्ष नेपालका राजनीतिक शक्ति-व्यक्तिहरुबाट समस्याको समाधान र संकटको हल गर्न प्रयत्न हुनुको साटो उल्टो उनीहरुबाटै समस्यालाई उल्झाउने र संकटलाई बल्झाउने गर्ने कार्य भरहेकोले वर्तमान संकटलाई एउटा असाधारण, गम्भीरतम र जटिलतम महासंकट भन्न खोजेर महासंकट पदावली प्रयोग गरिएको हो ।

निष्कर्ष :
जुन शक्तिले नेपालमा बारम्बार मित्रता र सहयोगको आवरणमा यसप्रकारका संकट-महासंकटहरु थोपरिरहेको छ, त्यो शक्तिले नेपालको राष्ट्रिय हित र सबलताको लागि, देसभक्तिको लागि, आत्मनिर्भरताको लागि अनि स्थिरता र स्थायित्वको लागि कहिले कुनै सहयोग गरेको छैन र गर्दैन पनि ! तरपनि हामी भने व्यक्तिगत, गुटगत र पार्टीगतजस्ता सिमित, संकुचित र क्षुद्र स्वार्थको निम्ति उनकै आसपासमा परिक्रमा गरेर उनकै दलाल र दास बनी उनैबाट गाँसको आस गर्ने गरेका छौं ! यो हाम्रो आसे-पासे र गासे-दासे सोंच र शैली धेरैनै घातक छ ! त्यसैले पनि वर्तमान संकटलाई एक असमाधेय र असाधारण प्रकारको जटिल र गम्भीर संकट अर्थात् महासंकट भनिएको हो ! जे होस् र जे भनियोस् तापनि जुनसुकै र जस्तो सुकै समस्या-महासमस्या र संकट-महासंकटको पनि समाधान हुन्छ ! समस्यासङ्गै समाधान जन्मिने कुरा सार्वभौम सत्य नै हो । यत्ती हो कि कुनै संकटको समाधान छिटै र सजिलै पत्ता लाग्ने र हल पनि हुने गर्छ भने कुनै अलि जटिल र गम्भीर संकटको समाधान खोज्न केही बढी समय, श्रम, शक्ति र बुद्धि खर्चनुपर्ने हुन्छ ! नेपालको वर्तमान महासंकटको हल पनि यहीं छ, हामीभित्रै छ र हामीलेनै यो खोज्न र हल गर्नको लागि आँट र साहस गर्नु पर्छ र यसो गर्न हामी सचेत र संघर्षशील नेपाली नागरिकहरु नै सक्छौं र सक्नु नै पर्दछ अन्यथा हामी नेपाली नागरिक हुनुको नै अर्थ र औचित्य समाप्त हुने प्रबल खतरा छ । त्यसैले बेलैमा सचेत र संगठित होऔं र संयुक्त र सशक्त संघर्षद्वारा सबैखाले षड्यन्त्र र हस्तक्षेपको विरोध, अवरोध र प्रतिरोध गरौं र यस्ता संकटहरु र यो महासंकटको पनि स्थायीरुपमै समाधान गरौं !

 

लेखक नारायण शर्मा नेकपाका केन्द्रिय सदस्य हुन्




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ