2020-11-29 |
काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको एसोसियटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघई विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी शौरभ ज्याेतिलाई २१ मतान्तरले हराए ।
एसोसियटतर्फको उपाध्यक्षमा संघई चन्द्र ढकाल समूहबाट र सौरभ ज्योति किशोर प्रधान समूहबाट भिडेका थिए ।
महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा प्रधान समूहको अन्जन श्रेष्ठ र जिल्लानगरतर्फको उपाध्यक्षमा पनि प्रधान समुहकै दिनेशलाल श्रेष्ठ विजयी भएका छन् ।
महासंघमा ९ सय ३ एसोसिएट सदस्य छन् । एसोसियटतर्फको मतभार ३० प्रतिशत हुन्छ ।
यसअघिको निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी नदिएर चन्द्र ढकाललाई समर्थन गरेका ज्योतिले यसपटक ढकालको विपक्षी प्यानलबाट उम्मेदवारी दिएका थिए ।
ढकाल प्यानलका उम्मेदवार संघईको बैंक तथा वित्तीय क्षेत्रमा लगानी छ । उनी त्रिवेणी स्पिनिङ मिल्सका मालिक हुन् । सरकारबाट सीआईपी सम्मान समेत पाएका उनी एक वाणिज्य बैंकको सञ्चालक समेत हुन् ।
एशोसिएटतर्फका १९ केन्द्रीय सदस्यका लागि ३१ जना चुनावी प्रतिस्पर्धामा थिए।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...