2020-11-22 |
एजेन्सी - अमेरिकी संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को धक्का दिएको छ। निर्वाचनमा विजयी भएका जोन बाइडेनको पक्षमा भएको मत गैरकानुनी भएको भन्दै दायर गरेको ट्रम्पको निवेदन अदालतले खारेज गरिदिएको हो।
पेन्सिलभेनियाको मतगणना गलत भएको दावी शनिबार अदालतले खारेज गरिदिएको हो। ‘संविधान उल्लंघन गर्ने अधिकार अदालतलाई छैन, न्यायाधीश म्याथ्यु ब्रेयनको आदेशमा भनिएको छ, ‘ट्रम्प पक्षको चुनावी अभियानले गरेको दावी पुष्टी हुने आधार देखिँदैन।’
यो राज्यमा बाइडेनले जित हात पारेका थिए र अधिकारीहरुले सोमबार परिणाम घोषणा गर्दै छन् । बाइडेनले ८१ हजारको अन्तरले उक्त क्षेत्रमा निर्वाचन जितेका थिए।
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका कुनै पनि एजेन्डा अन्तिम चरणमा नपुगेको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बिहान बसेको ...
काठमाडौं । भारतको मणिपुरमा फेरि हिंसा भड्किएको छ। जसमा परी दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्। मिडिया रिपोर्टका अनुसार सेनाको बर्दी ...
काठमाडौं - छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ ...