गत वर्ष ११ अर्ब ३९ करोड बेरुजु, स्थानीय तहमा मात्रै ४ अर्ब २२ करोड

2020-11-12

काठमाडौं - गत आर्थिक वर्ष २०७६/०७७ मा कूल सरकारी खर्चको १.०४ प्रतिशत बेरुजु देखिएको छ। महालेखा नियन्त्रक कार्यालयले गरेको आन्तरिक लेखापरीक्षणअनुसार गत वर्ष १० खर्ब ९३ अर्ब रूपैयाँमध्ये ११ अर्ब ३९ करोड रूपैयाँ बेरुजु देखिएको हो।

कार्यालयका अनुसार सबैभन्दा धेरै स्थानीय तहमा बेरुजु देखिएको छ। स्थानीय तहमा ४ अर्ब २२ करोड रूपैयाँ बेरुजु रहेको पाइएको हो। यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १ अर्ब ८४ करोड रूपैयाँ, स्वास्थ्य मन्त्रालयमा ५२ करोड २ लाख, रक्षा मन्त्रालयमा ९८ करोड ९० लाख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा ६० करोड रूपैयाँ बेरुजु रहेको पाइएको छ।

कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्थाअनुसार आन्तरिक लेखापरीक्षण प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएको हो। महालेखा नियन्त्रक मधुकुमार मरासिनीले बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाएका हुन्।

कार्यालयले ३ हजार १ सय ७६ को कार्यालयका १४ हजार ३ सय ६८ कार्यक्रमको लेखापरीक्षण गरेको छ। सरकारी हिसाबको अन्तिम लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयले गर्नेछ।

बढी बेरुजु देखिएका निकाय

स्थानीय तह : ४ अर्ब २२ करोड ४२ लाख रुपैयाँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय : १ अर्ब ८४ करोड ४ लाख रुपैयाँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय : १ अर्ब ५२ करोड २ लाख रुपैयाँ

रक्षा मन्त्रालय : ९८ करोड ९० लाख रुपैयाँ

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण : ६० करोड ६ लाख रुपैयाँ




थप समाचार


५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री नगर्न सार्वजनिक लेखा समितिको निर्देशन

५० र ४५० केजीका ग्याँस सिलिण्डर बिक्री नगर्न सार्वजनिक लेखा समितिको निर्देशन

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले ५० र ४५० केजीका ग्याँस सिलिण्डर बजारमा बिक्री वितरणमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ ।सोमबार बसेको संसदीय ...

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

घलेम्दी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डको अनुमति

घलेम्दी हाइड्रोपावरले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ बराबर २ शेयरको अनुपातमा ...

जनकपुरको बिग मार्टमा आगो लाग्दा करोडौंको क्षति

जनकपुरको बिग मार्टमा आगो लाग्दा करोडौंको क्षति

धनुषा ।  जनकपुरधामको रामानन्द चोकमा रहेको जनकपुर बिग मार्टमा  गए राति आगलागी हुँदा करोडौँको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–९ ...




ट्रेन्डिङ