बालबालिका फकाउँदै कानको मुन्द्रा लुट्ने महिला पक्राउ, पिडित १६ जना प्रहरीकोमा

2020-09-23

काठमाडौं - खेलिरहेका बालबालिकालाई लोभमा पारेर कानको मुन्द्रा लुट्ने महिलालाई प्रहरीले पक्रेको छ । महानगरीय अपराध महाशाखा र प्रहरी वृत बौद्धको टोलीले म्याग्दी घर भएकी सन्दिपा खत्रीलाई जोरपाटीबाट पक्राउ गरेको हो ।

नेपालटार बस्ने खत्रिले बालाजु, सोह्रखुट्टे, कपन, काँडाघारी र कोटेश्वर क्षेत्रमा ‘मुन्द्रा लुटपाट आतंक’ मच्चाएकी थिइन् । पछिल्लो २ महिना यता काठमाडौं उपत्यकामा मुन्द्रा लुट्ने नयाँ शैलीको ‘अपराध ट्रेण्ड’ देखिएपछि अपराध महाशाखाले लुटपाटमा संलग्नलाई पक्राउ गर्न ‘एम्बुसिङ’ गरेको थियो ।

लुटेको मुन्द्रा किन्ने काभ्रे रोशी गाउँपालिका घर भएका ३० वर्षीय मुरली बिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । बिकको ललितपुर महानगरपालिका–६ कनिबहालमा सुन पसल छ । सन्दिपाले लुटेको सुन मुरलीले गालेर गहना बनाउँथे ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार ६१ लाल गालेको सुन र ६२ लाल गाल्न बाँकी सुन मुरली बिकको पसलबाट बरामद गरिएको छ ।

काठमाडौँको नेपालटार बस्ने सन्दिपा सार्वजनिक गाडी चढेर निश्चित ठाउँमा जान्थिन् । अनि, त्यहाँ मुन्द्रा लुटेर भाग्थिन् । बच्चा फकाउँदै हिँडेको सिसिटिभी फुटेज हेरेर प्रहरीले उनको पहिचान गरेको थियो ।

आमाको साथी बनेर लुटपाट

लामो समयदेखि लुटपाटमा सक्रिय सन्दिपा पहिले खेलीरहेका बच्चाको आमाको नाम पत्ता लगाउँथिन् । आसपासका पसलमा चियाँ पिउँदै नाम पत्ता लगाएपछि बच्चा नजिक गएर उनी भन्थिन्, ‘बाबु, तिमी फलानाकी छोरी हैन ?’

‘म तिम्रो आमाको साथी हुँ, आऊ आइसक्रिम किन्दिन्छु,’ भन्दै उनले बच्चालाई खानेकुरा किन्दिन्थिन् । अनि, बच्चालाई गुलियोमा भुलाएर ‘यस्तो मुन्द्रा किन लगाएको, बोत्तल–कागज खोज्न हिँड्नेले बोरामा हालेर लान्छन्’ भनेर उनले सो मुन्द्रा आमालाई दिन्छु भनेर निकाल्थिन् । त्यसपछि उनी फरार हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पछिल्लो एक वर्षयता उनले मुन्द्रा लुटपाट ‘धन्दा’ चलाएको महानगरीय अपराध महाशाखाका एक अधिकृतले रातोपाटीलाई बताए ।

सन्दिपाले मुन्द्रा लुटेका १६ जना बालबालिकाका परिवार प्रहरीको सम्पर्कमा पुगेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


उद्योग वाणिज्य महासंघको निर्वाचनमा कुन पदमा क-कसले जिते ?

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा (नेतृत्व चयनको महाधिवेशन)बाट व्यवसायी शेखर गोल्छा स्वत: अध्यक्ष हुँदै गर्दा ६४ व्यवसायी विभिन्न पदमा निर्वाचित

वस्तुगततर्फको उपाध्यक्षमा प्रधान समूहका श्रेष्ठ विजयी

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई २५ मतान्तरले हराए । वस्तुगततर्फको उपाध्यक्षमा चन्द्र

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासघको ५४ औं साधारण सभा (नेतत्व चयनको महाधिवेशन) मा व्यवसायी चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्। आफ्ना प्रतिस्पर्धी किशोर प्रधानलाई

महासंघको जिल्ला-नगर उपाध्यक्षमा प्रधान समूहका श्रेष्ठ विजयी

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला-नगरतर्फको उपाध्यक्ष पदमा दिनेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी गुणनिधि तिवारीलाई ११ मतान्तरले हराए । वस्तुगततर्फको उपाध्यक्षमा तिवारी

एशोसिएटतर्फको उपाध्यक्षमा ढकाल समूहका संघई विजयी

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको एसोसियटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघई विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी शौरभ ज्याेतिलाई २१ मतान्तरले हराए । एसोसियटतर्फको उपाध्यक्षमा संघई

चिनियाँ रक्षामन्त्री फेङहे नेपाल आउँदै

काठमाडौं - भारतीय कूटनीतिज्ञ एवं सुरक्षा निकायका प्रमुखहरूको आउजाउ भइरहेका बेला चिनियाँ रक्षामन्त्री वेइ फेङहे केही घण्टाका लागि आइतबार काठमाडौं आउँदै छन्। पछिल्लो पटक नेपाल भ्रमण