खुर्पा प्रहार गरी ससुराको हत्या

2020-09-21

कावासोती - नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा ज्वाइँले खुर्पा प्रहार गरी ससुराको हत्या गरेका छन् । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरले ससुरा ७३ वर्षीय विष्णु राईलाई गए राति खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।

ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

खुर्पाको प्रहारबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खाँणले बताए । हत्यामा संलग्न मगरसमेत सामान्य घाइते भएका छन् ।

उनले ससुरालाई खुर्पा प्रहार गरेपछि आफैँले आफैँलाई हानेर घाइते बनाएको हुनसक्ने प्रहरी नायब उपरीक्षक खाँणले बताए । घाइते मगरको प्रहरीको निगरानीमा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । रासस




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ