शहरबाट गाउँ फर्केर कृषि फार्म तथा अर्ग्यानिक होमस्टे संचालन

2020-09-10

काठमाडौँ - शहरमा ब्यवसाय गर्दै आएका युवाले गाउँमा समेत नयाँ ब्यबसायको थालनी गरेका छन्। देशमा गाउँबाट सकेसम्म विदेश जाने नसके शहर भएपनि भासिने होडबाजी जस्तै चलिरहेको परिपेक्षमा गुल्मेली युवाले ठिक त्यसको उल्टो लय पकडेका हुन्।

गुल्मेली युवा राजिब बस्नेतको काठमाडौँको ठमेललगायतका स्थानमा रेष्टुरेन्टहरु संचालनमा छन्। नयाँ बसपार्कस्थित बिजी मलमा कपडा पसल छ। नयाँ बानेश्वरमा ट्राभल एण्ड टुर्स तथा टिकेटिंगको अफिश छ। ठमेलमा मनि रेमिट संचालनमा छ। जन्मभूमिलाई नै कर्मभुमि बनाउन पर्छ भन्दै बिगत लामो समय देखि लागिपरेका बस्नेत कर्मभूमि नेपाल नामक संस्थाका अध्यक्ष समेत हुन्। संस्थाले देशका विभिन्न भागमा बिपत्ति पर्दा खाद्यान्न, लत्ता-कपडा र पैसा समेत सहयोग गर्दै आइरहेको छ।

काठमाडौँमा यी सबै गरिरहेका राजिबले आफ्नो पुर्खेउली गाउँमा कृषि तथा पशु पन्छी ब्यवसाय संचालनमा ल्याएका छन्।

गुल्मीको रुरु क्षेत्र गाउँपालिकाको ६ नम्बर वडा रिमुवामा उनले कर्मनिष्ठ कृषि तथा पशुपालन फार्म दर्ता गरेर ब्यवसाय सुरु गरेका हुन्। उनको फार्ममा अहिले कालिज, बाख्रा र कुखुरा छन्। करिब ४० लाखको लगानी भैसकेको र यो यो लगानी छिट्टै १ करोड पुराउने लक्ष्य रहेको उनले बताए। फार्मसंगै उनको अर्ग्यानिक होमस्टे पनि संचालनमा छ। जहाँ ग्राहकहरुले आफुले रोजेको भेज ननभेज परिकार पाउनुको साथै बार्बिक्युको मजा लिन सक्नेछन। फार्ममा अहिले ८ जनाले रोजगारी पाएको उनले बताए।

No description available.

No description available.

No description available.




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ