सिपिएल : तलावाजले सेमिफाइनलमा ट्रिनबागोसँग खेल्ने

2020-09-06

काठमाडौं - सन्दीप लामिछानेआबद्ध टिम जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को सेमिफाइनलमा ट्रिनबागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्ने भएको छ। बारबाडोस ट्रिडेन्ट्ससँग आफ्नो नवौं खेलमा पराजित भएसँगै जमैकाले सेमिफाइनलमा ट्रिनबागोसँग खेल्ने भएको हो।

ब्रायन लारा क्रिकेट रंगशालामा भएको खेलमा बारबाडोससँग जमैका तलावाजले ७ विकेटको हार ब्यहोर्न पुग्यो। टस जितेर पहिले ब्याटिङ गरेको जमैका तलावाजले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६१ रन बनाएको थियो। उसका लागि जर्मिन ब्लाकवोल्डले ७४ र आन्द्रे रसेलले ५४ रन बनाए।

१६२ रनको विजयी चुनौती पछ्याउँदै ब्याटिङ गरेको बारबाडोसले १८.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटायो। बारबाडोसका लागि कप्तान जासन होल्डर, जोनाथन कार्टर र मिचेल साट्नरले राम्रो ब्याटिङ गरे। कप्तान होल्डरले ४२ बलमा ६९ रन बनाउँदा कार्टरले अविजित ४२ र साट्नरले अविजित ३५ रन बनाए। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले एक विकेट लिए। उनले ४ ओभरमा २६ रन खर्चिए। त्यस्तै प्रिस्टन म्याकस्विन र ओसान थोमसले पनि समान १–१ विकेट लिए।

लिगमा ९ खेलमा शतप्रतिशत जित हात पारेको ट्रिनबागो नाइट राइडर्स १८ अंक बनाउँदै शीर्ष स्थानमा छ। यता चौथो स्थानमा रहेको जमैकाको ९ खेलबाट ७ अंक छ। सेमिफाइनल पुगिसकेका ट्रिनबागो, जमैका र सेन्ट लुसियाले समान ९–९ खेल खेलेका छन्। अझै यी टिमले १–१ खेल खेल्न बाँकी छ। यता, सेमिफाइनल पुगेको अर्को टिम गुयाना अमेजन वारियर्सले भने १० खेल खेलिसकेको छ।

सेमिफाइनलमा शीर्ष स्थानमा रहेको टिमले चौथो स्थानमा रहेको टिमसँग प्रतिस्पर्धा गर्ने हुनाले सेप्टेम्बर ८ तारिखमा पहिलो सेमिफाइनलमा यी दुई टिमले प्रतिस्पर्धा गर्ने छन्। त्यस्तै, गुयाना अमेजन वारियर्स र सेन्ट लुसिया जुक्सले दोस्रो सेमिफाइनलमा सेप्टेम्बर ८ तारिखमै प्रतिस्पर्धा गर्नेछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ