साढे सात गुणाले बढ्यो सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा

2017-05-06

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा छ करोड तीन लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे ७ गुणा बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सूर्या लाइफ इन्स्योरेन्सले ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

६२ करोड ५० लाख रुपैयाँ चुक्तापुँजी भएको इन्स्योरेन्सले जगेडाकोषमा ३२ करोड ३४ लाख रुपैयाँ र जीवन बीमाकोषमा दुई अर्ब १४ करोड पाँच लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ९७ दशमलव ५६ प्रतिशतले बढेर आठ करोड १८ लाख रुपैयाँ पुगेको छ भने खर्च ३६ दशमलव ३६ प्रतिशतले बढेर दुई करोड १५ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीले ८३ करोड ४० लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने १० करोड २१ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

चैत्र मसान्तसम्ममा सूर्या लाइफ इन्स्योरेन्सको प्रतिसेयर आम्दानी वार्षिक १२ दशमलव ८७ रुपैयाँ, पीई रेशियो एक सय तीन दशमलव ७३ गुणा र प्रतिसेयर नेटवर्थ एक सय ५६ दशमलव ६५ रुपैयाँ रहेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ