गाडीबाट फुत्त झर्दै मास्क दिदै

2020-08-11

दिवाकर पोख्रेल
देउखुरी, साउन । लकडाउनका बेला विभिन्न कामको लागि विभिन्न स्थानमा पुगेका नागरिक घर फर्कदा ठूलो समस्या व्यवहोर्नु प¥यो । दाङ देखि पश्चिम क्षेत्रमा जानको लागि पैदल हिंडदै आएकाहरु सारथी बने देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठ । हजारौ यात्रुलाई गनत्वयमा पु¥याउने कामको नेतृत्व लिएका श्रेष्ठले आफ्नै श्रोत साधनको प्रयोग गरे । स्थानीय पालिका, प्रहरी प्रशासनसंग सहकार्य गनै आग्रह पनि गरे । अहिले लक डाउन हटिसकेको छ । कोरोना सङक्रमणको दर अनुसार भुगोल अनुसार निशेधित क्षेत्र घोषणा गरिएको छ ।

पहिलेको भन्दा धेरै सहज अवस्था छ, पहिले सडकमा एएटा साधन देख्न पाइने थिएन, त्यही बेला आफ्ना टेक्टर ट्रक प्रयोग गरेर पैदल यात्रुलाई गनतव्य सम्म प¥याउने काम गरेँ, लक डाउनको विचमा आफुले गरेको सम्झना सुनाउँदै श्रेष्ठले भन्नुभयो । राजमार्गमा पुगेर खाना खुवाउने,देखि हरहेक काममा उहाँले नेतृत्व लिनुभयो । यो अभियानमा प्रहरी प्रशासनबाट राम्रो सहयोग उहाँ सम्झानु हुन्छ ।
मैले मात्रै गरेँ भन्ने हुँदै होइन, प्हरी प्रशासनको साथ राम्रो भयो, सडक सडकमा दिदि बहीनी दाज्ुभाईले भान्छा नै खडा गर्नुभयो, यात्रुहरुलाई खुवाउन थाल्नुभयो सबैको पहलबाट सम्भव भयो ।

No description available.

लकडाउनको समयमा यात्रुलाई गनतव्यमा पु¥याउन लागि परेका उद्योग बाणिज्य संघका अध्यक्ष श्रेष्ठ अहिले लकडाउन खोलेसंगै स्थानीय समुदायमा पनि कोरोनाको सङक्रमण देखिने होकी भन्नेमा चिन्तीत छन । यही चिन्ताका कारण अहिले उहाँ घरघरमा मास्क भन्ने अभियानमा हुनुहुन्छ । दैनिक जसो सडक, घर, होटल , सार्वजनिक संघस.स्थामा पुगेर मास्क वितरण गर्दै आउनु भएको छ । श्रेष्ठ भन्नुहुन्छ, हामी सबैको पहलमा कोरोना जित्ने हो, सावधानी सबैले अपनाउनु पर्छ त्यही भएरु घरघरमा मास्क वितरण हिंडेको छु ।

 

मास्क लगाउनुको फाइदा, मास्क लगााउने उपाय, लयात स्वास्थ्य सम्बन्धी सचेतना दिदै उहाँले अहिले लमी नगरपालिकाका वडा नम्बर ७, ८, ९ का विभिन्न संघसंस्था, प्रहरी चौकी, स्वास्थ्य चौकीमा पुग्नु भएको छ । सडकमा मास्क नलगाई हिंडेको देखे गाडी बाट ओर्लने र मास्क लगाउन सिकाउने, मास्क वितरण गर्ने यो उहाँको आजकालको दैनिकी जस्तो भएको छ ।

No description available.

No description available.

उहाँको यो कार्यबाट स्थानीय पनि सचेत भएका छन् । लमही नगरपालिका वडा नम्बर ९ अमृलियाका पुरन प्र्रसाद बस्नेतले भन्नुभयो । सरकारी स्तरबाट गर्नुपर्ने काममा व्यत्तिगत लगानीमा गर्नुभएको छ, यसबाट हामीहरुलाई सावधानी अपनाउन पनि ठूलो सहयोग भएको छ । उहाँको कामबाट स्वास्थ्यकर्मी पनि प्रभावीत छन । लमही नगरपालिका सतबरीया स्वाथ्य चौकीका इन्चार्ज लालमणि सुवेदीले रत्न प्रसाद श्रेष्ठको यो अभियानले आफुहरुलाई थप उर्जा मिलेको बताउनुभयो ।

No description available.




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ