गोंगबु हत्याकाण्ड : विष खुवाएर हम्मरले अण्डकोषमा हानेर मारिन, अनि शरीर टुक्राइन

2020-08-11

काठमाडौंं - टोखा नगरपालिका १० गोंगबुमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्याको कारण अझै खुल्न सकेको छैन ।

हत्या आरोपमा चितवनबाट पक्राउ परेकी महिला कल्पना शाहीले बोहराले आफूलाई 'सेक्सुअल ह्यारेसमेन्ट' गरेकाले सहन नसकेर हत्या गर्न बाध्य भएको बयान दिएकी छिन्। यधपी 'सेक्सुअल ह्यारेसमेन्ट' कै कारण त्यो खालको बिभत्स हत्या गर्ने अवस्थामा उनि पुगिन भनेर पत्याई हाल्न चाही गारो पर्छ।

'सेक्सुअल ह्यारेसमेन्ट'कै कारण उक्त बिभत्स हत्या भएको हो भने यस्लाई सपोर्ट गर्ने तथ्यहरु पक्कै हुनुपर्छ। त्यो प्रहरीको अनुसन्धानले पछि देखाउला पनि।

विष खुवाएर हम्मरले अण्डकोषमा हानेर हत्या
शाहीले बोहरालाई सुरुमा विष खुवाएर अण्डकोषमा हम्मरले हानेर हत्या गरेको बताएकी छिन्। किला ठोक्न प्रयोग हुने हम्मरले बोहराको संवेदनशील अंग अण्डकोषमा हानेर हत्या गरेको उनले बताएकी हुन्। अण्डकोषमा चोट र नीलडामसमेत देखिएको प्रहरीले जनाएको छ।

हम्मरले हानेर मारिसकेपछि शाहीले खुकुरीले बोहराको घाँटी र खुट्टा काटेको बयान दिएकी छिन् । सुटकेशमा लाश नअट्ने भएपछि घाँटी र खुट्टा काट्नु परेको शाहीले बताएको स्रोतले जानकारी दिएको छ । घाँटी र खुट्टा काटेपछि सुटकेश र जेब्रा झोलामा प्याक गरेर शवको व्वस्थापन गरिएको र त्यसका लागि उनकी १५ वर्षीया छोरीले समेत सहयोग गरेको पाइएको स्रोतले जानकारी दियो ।

हत्यामा प्रयोग भएका सामान बरामद
विभत्स तरिकाले गरिएको हत्यामा प्रयोग भएका विभिन्न सामानहरु प्रहरीले बरामदसमेत गरेको छ। हम्मर प्रहरीले बरामद गरेको छ भने हत्यामा दुई वटा खुकुरीको प्रयोग भएको पाइएको र ती पनि बरामद भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

त्यसैगरी हत्या गर्ने बेलामा प्रयोग भएको पन्जा पनि प्रहरीले बरामद गरेको छ। पन्जा बिना हत्या गर्दा खुकुरीको बिँडमा फिंगर प्रिन्ट रहने र अभियुक्त पत्ता लाग्ने भएकाले पन्जा लगाएर हत्या गरेको पाइएको छ। हत्यामा प्रयोग भएको पन्जा पनि प्रहरीले बरामद भएको छ । मृतकको कपडा पनि बरामद भएको छ ।

‘दुई दिन आउँदिन है’ भनेर निस्किएका थिए
कृष्ण बहादुर बोहरा पछिल्लो एक महिनादेखि गोंगबु मित्रनगरस्थित नर्सिङ धाम गेष्ट हाउसमा बसेका थिए । शनिवार गेष्ट हाउस सञ्चालकसँग ‘दुई दिन आउँदिन है’ भनेर उनी निस्किएका थिए ।

गेष्टहाउसबाट निस्किएर उनी कल्पनाको कोठामा गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कल्पनाले २ वटा कोठा, किचन र बाथरुम भाडामा लिएकी थिईन् ।

एउटा कोठा र बाथरुममा रगत देखिएको छ । कृष्णबहादुरलाई पहिले विष खुवाएर मारेपछि घाँटी र खुट्टा काटेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए । मृतकको पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

बाथरुममा मृत शरीर टुक्रा पारेर शव व्यवस्थापन गरेपछि कल्पनाले काठमाडौँ छाडिन् । भागेर चितवनको टांडी पुगेकी उनलाई प्रहरीले पक्राउ गरेर काठमाडौँ ल्याइसकेको छ। र अनुसन्धान जारी छ।

आइतबार बिहान टाउको, खुट्टा र जीउ छुट्ट्याएको अवस्थामा दुई स्थानबाट शवका टुक्रा बरामद भएका थिए। तर उक्त शव कसको भन्ने प्रहरीले छुट्याउन सकेको थिएन। सोमबार दिँउसो भने उक्त शवको सनाखत भएको थियो ।

बोहराको हत्या गरी टाउको र खुट्टा जेब्रा झोलामा हालेर फालिएको थियोे भने शरीर सुटेकशमा प्याक गरेर फालिएको अवस्थामा भेटिएको थियो ।

आइतबार बिहान स्थानीयले झोलामा रगत लतपतिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। भित्री वस्त्रमात्रै लगाएको र गुप्ताङ्गमा समेत निलडाम भएको अवस्थामा शव भेटिएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ