पुष्पा अधिकारीमाथि अनुसन्धान सुरु, बालगृहबाट ११ बालबालिकाको उद्धार

2020-08-05

काठमाडौं - ‘शिशु चउरमा भेटियो’ भनेर झुटो प्रचार गर्ने पुष्पा अधिकारीले सञ्चालन गरेको केयर बालगृहबाट ११ बालबालिकाको उद्धार गरिएको छ । राष्ट्रिय बालअधिकार परिषद् र केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुधवार बुढानिलकण्ठ नगरपालिकामा रहेको सो बालगृहबाट बालवालिकाको उद्धार गरेको हो ।

सञ्चालिका अधिकारीमाथि महानरीय प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । सञ्चालिका अनुसन्धानको दायरामा आएपछि त्यहाँ बस्ने बालवालिकाको केयर नहुने हुनाले त्यहाँ राखिएका बालबालिकाको उद्धार गरिएको बताइएको छ । उद्धार गरिएका बालबालिकालाई सररकारको अस्थायी संरक्षणमा राखिएको बालबालिका खोजतलास समन्वय केन्द्रका डिएसपी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

केन्द्रीय बालबालिका खोजतलास समन्वय केन्द्रले बुढानिलकण्ठ नगरपालिकासँगको समन्वयमा ११ बालबालिकाको उद्धार गरेको जनाएको छ । ‘शिशु चउर भटियो’ भनेर पुष्पाले प्रचार गरेपछि विदेशबाट सहयोग जुटेको थियो । तर, खाडी मुलुकबाट फर्केकी एक महिलाले अस्पतालमा शिशु जन्माएर पालन पोषणका लागि केयर बालगृहमा जिम्मा लगाएकी थिइन् । पुष्पाले ‘बेवारिसे देखाउनुपर्ने’ कानुनी अड्चनका कारण सो नाटक गर्नुपरेको प्रहरीलाई बताएकी छिन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ