सरकारी कर्मचारीको कोरोना बिमा गर्न सुरु

2020-08-05

काठमाडौं - सरकारी कर्मचारीको कोरोना बिमा सुरु गर्न बिमा समितिले निर्देशन दिएको छ। चालु आर्थिक वर्षको बजेट वक्तव्यअनुसार समितिले सम्पूर्ण सरकारी कर्मचारीको कोरोना बिमा गर्नका लागि बिमा कम्पनीलाई निर्देशन दिएको हो।

सरकारले प्रत्येक सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँ बराबरको कोरोना बिमा गरिदिने भएको हो। सरकारकी कर्मचारीको बिमा गर्दा सम्बन्धित सरकारी कार्यालयले बिमा कम्पनीलाई सम्पर्क गरेर बिमा गराउनु पर्नेछ।

कोरोना बिमा बिमा पुलमार्फत हुने व्यवस्था छ। यसको आम्दानी तथा दायित्व कम्पनीको स्ट्रेन्थका आधारमा दामासायी रुपमा भाग लगाइन्छ। कर्मचारीको परिवारको बिमा गर्नु परेमा भने सम्बन्धित कर्मचारीले स्थानीय निकायबाट सिफारिस ल्याउनुपर्ने हुन्छ। परिवारको हकमा सामूहिक बिमा अन्तर्गत प्रतिव्यक्ति ५० हजार रुपैयाँको बिमा हुन्छ।

यदि बिमितलाई कोरोना संक्रमण भएको पुष्टी भएमा बिमाङ्क रकम बराबर पैसा पाउँछन्। यसका लागि बिमितको आरडिटी पोजेटिभ आएको रिपोर्ट भए पुग्छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ